राष्ट्रपतिद्वारा नागरिकता विधेयक अस्वीकृत

0
230

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक  प्रमाणीकरण गर्ने म्याद सकिएको छ। राष्ट्रपतिले प्रमाणीकरण नगर्दा आज राति १२ बजे बाट सो विधेयक स्वतः निष्क्रिय  भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयक शीतल निवासमा रहेको थियो । विधेयक प्रमाणीकरणका लागि पठाएको आज १५ औं दिन हो । संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्