Tuesday, November 5, 2024
घरसमाचारराजनीतिलोसपाले मनायो संविधान दिवसलाई कालो दिन

लोसपाले मनायो संविधान दिवसलाई कालो दिन

वीरगंज, ३ असोज 

मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टीले आज मधेश प्रदेशको वीरगंजमा बिरोध कार्यक्रम गरेका छन् ।

संविधानमा रहेका त्रुटीहरू नसच्याइएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आज वीरगंजको घण्टाघरमा विरोध सभाको आयोजना गर्दै आजको दिनलाई प्रतिगामी संबिधानको रुपमा कालो दिवस मनाएको छ ।

कार्यक्रममा पार्टिका बरिस्ठ नेता एवम् केन्द्रीय सदस्य ससिकपुर मियले संबिधान जारी गरी रहेको बेला पर्सा मा सहिद हुने क्रम जारी रहेको थियो आफुहरुले पुर्ण सम्बीधानको बिरोध गरेको हैन आफुहरु लाई संबिधानका केहि धाराहरु मा आफुहरुको बिमति रहेको छ  आज सहिद हरुको सम्मानमा आफुहरुले आजको दि लाई कालो दिवसको रुपमा मनाएको बताए

महानगर उपाअध्यक्ष सेख फीरोजको अध्यक्षतामा आयोजित कार्यम्रमा भएको सो कार्यक्रममा के.स रामचन्द्र पंडित, अनिरुध कलवार लगायतका नेता तथा कार्यकताहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण नगर सचिव बिनेद सरार्फले गरेका थिए ।

लोसपाले संविधान जारी भए देखिनै विरोधका विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । विगतमा सरकारले संविधान दिवसको अवसरमा दीपावली मनाउने घोषणा गरेसंगै तत्कालीन राजपाले व्लैक आउटको घोषणा संगै मधेश भर व्लैक आउट गरेर संविधानको विरोध गरेका थिए । संविधानलाई लोसपाले स्वीकार गरेपनि संशोधन गर्नुपर्ने माग गर्दै संविधान जारी भएको २०७२ साल देखिनै विरोधका कार्यक्रमहरु गर्दै आएका छन।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -