वीरगंज/ “म भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार हुन दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।” भन्ने आकर्षक नारा सशस्त्र प्रहरी बलको लागि नारामै सीमित भएको पाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर डेङ्गीबाट प्रभावित भई उपचारको क्रममा रहेको र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल विदामा रहेको मौकाछोपी नौ दिनमा वीरगंज मूख्य नाकाबाटै १८ लाख बाँडेर तस्करी काम भएको स्रोतबाट जानकारी हुन आएको छ ।
प्राप्त जानकारी अनुसार सो क्षेत्रबाट बिगतमा पटके रु. ११३ कबाडी कर तिरेर भारत तर्फ निकासी हुँदै आएको कबाडमा यतिखेर भारत र नेपालले जिएसटी अर्थात् Goods and Service Tax लागु गरेपश्चात कबाडको आडमा ब्याट्री, ढेला, हड्डी, एवं अति नै महंगोमा पाइने मुलतानी माटो समेतको कारोबार भइरहेको बताइन्छ ।
इमरानले कबाडको आडमा ब्याट्री, ढेला, हड्डी, एवं अति नै महंगोमा पाइने मुलतानी माटो भारततर्फ निकासी गर्ने गरेका छन् ।
२००–२५० सम्म मेनगेट र इनरवा गाउँबाट ५०/१०० पटक सम्म माछाको कारोबारको ठेक्का पनि चल्ने गरेको छ । माछाको ठेक्का निरजले लिएका छन् ।
दिउँसो–राती जुनसुकै समयमा पनि साइकल ठेला लगायतमा कपडा ल्याइ वीरगंजस्थित विभिन्न घर गोदाममा भण्डारण गरेर राख्ने र परिस्थिति अनुसार पिकअप भ्यान र टेम्पुमा लोड गरी प्रदेश २का कपडाको राजा सरकार भनेर चर्चित व्यक्ति मदन (रुन्चे) भगवानको भक्तको नामाकरण गर्दै स्वर्गबाट नर्क प्रवेश गराउने जय माँ दुर्गा ट्रान्स्पोर्टमा कपडा भित्र्याउने गरेका छन् । यसैबीच सशस्त्र प्रहरीका पर्साका प्रमुख एसपी पोखरेल र प्रदेश प्रमुख डिआईजी मगर विदामा बसेको बेला नौ दिनको लागि १८ लाख रुपैयाँमा लाईन लिएका थिए ।
चुनावी प्रकृयाको नाममा एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गरी टिकट खरिद गर्ने एवं राजनीतिक पहुँचको आडमा राज्यलाई आर्थिक संकटमा पार्नेगरी अवैध चोरी निकासी एवं राजश्व चुहावट हुने काम भित्र हेर्दा कबाड र बेच्दा मालामाल भन्ने कुरा पुष्टी हुन आउँछ ।
राजश्व चुहावट नियन्त्रण र सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बल व्यवसायिक आचरणप्रति गम्भीर नभईदिंदा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले लिनु भएको सिद्धान्त ““म भ्रष्टाचार गर्दिन । म भ्रष्टाचार हुन दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।” महानिरीक्षसम्म मात्र सीमित रहने देखिन्छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि/प्रदेशसभाको निर्वाचनकालागि उम्मेदवार सिफारिशमा परेका काँग्रेस पार्टी निकटका एक मारवाडी समुदायका व्यक्तिले हुण्डी समेतको कारोबार गर्दै आएका छन् ।