अदालतबाट फरार बैंकिङ अभियुक्त पक्राउ

0
सांकेतिक तस्वीर

काठमाण्डाै – उच्च अदालत पाटनबाट ६१ लाख ५४ हजार ८ सय ७५ जरिबाना तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र  ६१ लाख ५४ हजार ८ सय ७५ रुपैयाँ जरिबाना ठहर गरेपछि फरार पर्वत घर भइ काठमाण्डौको नयाँबजार बस्ने ३५ वर्षीय इन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदानहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैंकिङ जन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्