सुपारी, केराउ र कालो मरिचको आयात खुल्यो

0

काठमाडौँ । सरकारले केराउ, सुपारी र कालो मरिचको आयातमा लगाइएको रोक खुलाएको छ । भाद्र २७ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले उक्त वस्तुको आयात प्रतिबन्ध खुला गरेको हो ।

उक्त वस्तुको आयातमा गत आर्थिक वर्षदेखि रोक लगाइएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  केराउ, सुपारी र कालोमरिचको पैठारी गर्न अनुमति दिने निर्णय गरिएको जानकारी दिएको छ । नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको भेटिएपछि सरकारले २४ चैत २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्