२०८२ मंसिर २० गते, शनिबार १८:३९

एमाले चुनावी प्रचारमा, गठबन्धन सिट बाँडपाँटमा

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक पाँच दलीय गठबन्धनको बैठक बस्छ। बैठकको उद्देश्य प्रत्यक्षतर्फका १६५ सिट भागबण्डा गर्नु हो। नेताहरुले सिट बाँडफाँट सहमति नजिक पुगेको दाबी गर्न छोड्दैनन्।

तर अहिलेसम्म पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट हुन नसक्दा चुनावी प्रचार प्रसारका कार्यक्रममा सत्तारुढ दल जान सकेका छैनन्। निर्वाचनमा एक्लै होमिने निर्णय गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दैनिकजसो जिल्लास्तरीय कार्यक्रममा सहभागी भइरहेका छन् र चुनावपछि एमाले शक्तिमा फर्किने दाबी गरिरहेका छन्। तर सत्ता गठबन्धन भने सिट बाँटफाँटमा एकले अर्कोलाई गलाउने रणनीति लिँदा अन्यौल बढ्दै गएको छ।

सोमबार पनि बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्यो। गठबन्धनको बैठकमा सिट बाँडफाँटमा विषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति हुन सकेन। बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई पक्ष, तीन पक्षीय र सर्वपक्षीय छलफलबाट सहमतिको प्रयास जारी रहेको प्रतिक्रिया दिए।

उनले सिट बाँडफाँटमा सहमति नजिक पुगे पनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए। उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवटा दाबी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको दाबी गरे। सबै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

गठबन्धनका शीर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरुको आ-आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ। उक्त प्रतिवेदनमाथि शीर्ष तहमा छललफल भएपनि सहमति भने जुट्न सकेको छैन।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ। अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ। ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ। सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ। माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन्। जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ।

एकभन्दा बढी दलको दाबी रहेका ७५ निर्वाचन क्षेत्रका विषयमा शीर्ष नेताहरूबीच समझदारी बनेको छैन। त्यसो त, अहिलेसम्म कुन दलले कति सिट लिने? भन्नेसमेत टुंगिएको छैन। प्रतिवेदनमा सबै सहमति नजुटेकाले त्यसलाई अन्तिम रूप दिन शीर्ष नेताहरू नै अघि सर्नुपर्ने अवस्था आएको हो।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए। सोही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए।

तर, कार्यदलले दर्जनौँपटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेन। सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा अझै समस्या भइरहेको नेताहरूको भनाइ छ। समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM