२०८२ माघ ७ गते, बुधबार १२:४३

देश लुट्नेहरूले राजीनामा दिन नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?-ओली

काठमाडौंं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँचदलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको बताएका छन्।

अध्यक्ष ओलीले एमालेमा प्रवेश गरेका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई साेमबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेशका नेताकार्यकर्ताहरूले भ्रम चिर्ने काम गर्नुपर्ने बताएका हुन्।

नेकपा (एमाले) ले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै त्यसका लागि यसै संसदबाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको अध्यक्ष ओलीले बताए।

गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान गर्नुछैन भन्दै अध्यक्ष ओलीले यदी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने नै हो भने संसदमा दुईलाइनको संशोधन ल्याउनु, यसै संसदबाट पास गर्न सकिने बताए।

उनले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतबाट नागरिकता वितरण रोक्न आदेश गराइएको स्मरण गर्दै त्यो बेला नरोकिएको भए समस्या समाधान भइसक्ने बताए।

अध्यक्ष ओलीले गठबन्धनले ल्याएको नागरिकता विधेयकमा राष्ट्रपतिले केही विषयमा पुनर्विचार गर्न भनी संसदमा फिर्ता पठाउँदा विधेयक संसदमा नपुग्दै संविधानले नचिन्नेहरू भेला भएर ‘बाउन्सर’ शैलीमा पुनर्विचार गर्दैनौं भनेका र तिनैमध्येका एकले अहिले राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्न थालेको बताए।

उनले गने, ‘दुुईतिहाईको आफ्नै दलको सरकार ढाल्ने, देश अधोगतितिर लैजाने, देश लुट्ने प्रतिगामी तत्वहरूले राजीनामा दिनु नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने?’
बहुमतका आधारमा भोलि जनतालाई जवाफ दिन नपर्ने ‘बाउन्सर’ खालको मान्छेलाई यो-यो काम गर्ने भनी करारनामा गराई कानुनमन्त्री बनाइएको र उसले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाठ सिकाउँदै गरेको अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई-मधेशमा हुलाकी राजमार्ग निर्माणलाई गति दिएको, पूर्वपश्चिम राजमार्गबाट सबै जिल्ला सदरमुकाम जोड्ने सडक छ लेनमा विस्तार गर्ने काम भएको, जनता आवास कार्यक्रम शुरु गरी विपन्न घरवारविहीनलाई आवासको व्यवस्था गरेको, फुसका छाना हटाई अनुदानमा जस्तापाता उपलब्ध गराउने काम गरेको, जनकपुरसम्म रेलमार्ग निर्माण/मर्मत गरी रेल किनेर सञ्चालनमा ल्याउने काम भएको लगायतका कामको उल्लेख गरे।

उनले वर्तमान गठबन्धन सरकार गठन भएको १३ महिनामा देश अधोगतितर्फ गइरहेको, सबै आर्थिक सूचकाङ्क नकारात्मक रहेको, महंगी, मुद्रास्फितिका कारण जनताको जीवन कष्टकर बनेको र यही गठबन्धन रही रहँदा देश बर्बादीतर्फ जाने भएकाले देशलाई त्यसदिशामा जानबाट रोक्ने जिम्मेवारी एमालेको काँधमा आएको बताए।

कुनै नीति र गन्तव्य नभएको गठबन्धन लोकतन्त्रका लागि होइन, लुटतन्त्रका लागि काम गरिरहेको र राज्यसत्ता कब्जा गरेर विरोधीलाई सखाप पार्ने उद्देश्यमा केन्द्रित रहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशमा लुटतन्त्र अन्त्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) लाई बहुमतका साथ विजयी गराउन सिङ्गो पार्टीपङ्ति दृढ सङ्कल्पका साथ लाग्नुपर्ने बताए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM