२०८२ मंसिर २३ गते, मंगलवार १३:५२

विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने संभावना

भैरहवा। इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ।

इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ। आइओसीले नेपालका लागि हवाई इन्धन रक्साैल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियोे।

रक्सौले डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भैरहवाका लागि सहज होस् भनी लखनउ डिपोबाट इन्धन उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएपछि ढुवानी व्यवसायीहरूले ढुवानी बन्द गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीले जानकारी दिएको छ।

‘नेपाल आयल निगमले ढुवानी भाडा समायोजन नभएको, नयाँ रुटको परमिट नदिएको र समयसापेक्ष ढुवानी भाडामा वृद्धि हुनुपर्ने भन्दै आइओसीबाट नेपालमा पेट्रोलियम पदार्थ नउठाउने गरी आन्दोलनको कार्यक्रम हुँदै आएको छ, यसमा हाम्रो पनि समर्थन रहेको छ,’ पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका महासचिव भुपराज अर्यालले भने।

लखनउबाट लुम्बिनी प्रादेशिक डिपोमा ल्याउने तयारी भए पनि रुट र भाडा सम्झौता हुन सकेको छैन। भाडा र रुटको व्यवस्था नहुँदासम्म भारतबाट पेट्रोलियम पदार्थ ढुवानी नगर्ने महासंघको परिपत्रअनुसार शुक्रबारदेखि ढुवानीका लागि आवश्यक पर्ने प्रारम्भिक खरिद आदेश अर्थात् पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएको अर्यालले बताए। ‘रुट नै परिवर्तन भएपछि ढुवानी व्यवसायीले भाडावृद्धिको माग गर्दै ढुवानी बन्द गरेका हौ। भलवारी डिपोका लागि हामीलाई बरैनीबाट लोड नगर्ने भनेको छ, यता लखनउ जाने रुट पर्मिट, नाका र भाडा पनि तय नभएको हाे,’अर्यालले भने।

हवाई इन्धनबाहेकका इन्धनको आपूर्ति भने यो महिनाको मसान्तसम्मका लागि सहज रूपमै भइरहेको छ। ‘भाडा समायोजनसहितको वार्ताको विषय मन्त्रिपरिषदमा गएर टुंगो लाग्ने छ। त्यो समयका लागि अन्य इन्धनहरूको आपूर्ति भइरहेको छ, निगमले पटक पटक भाडा समायोजन गर्ने जनाए पनि पाँच वर्षदेखि गरेको छैन, अन्य यातायात क्षेत्रको भाडा समायोजन भए पनि हामीलाई हेला गरेकाले आन्दोलनको विकल्प छैन,’ महासचिव अर्यालले भने।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आन्तरिक उडानका लागि सरदर दैनिक १० देखि १४ केएल र एक मात्र उडान भइरहेको अन्तर्राष्ट्रियका लागि सरदर ८–१० केएल इनधन खपत छ। विमानस्थलमा ७० केएलका पाँचवटा भण्डारण क्षमताका ट्यांकीसहित कुल ४५० केएल संचित गर्ने क्षमता छ।

दुई सातादेखि इन्धन आपूर्ति अनियमित भएपछि विस्तारै संचिति घट्दै गएको विमानस्थल आयल स्टेसन प्रमुख सविन सापकोटाले बताए। ‘केही दिन अगाडि मात्रै इन्धन आएको थियो, अहिले आएको छैन हामीसँग एक हप्ताका लागि पुग्ने इन्धन करिब १६० केएल मौज्दात छ । एक सातासम्म आपूर्ति नभए उडान प्रभावित हुन सक्छ। अहिले विमान कम्पनीहरूलाई मागअनुसारकै इनधन दिइरहेका छौ‌,’ स्टेसन प्रमुख सापकोटाले भने।

नेपाल आयल निगमले आइओसीको निर्णयअनुसार रक्सौलबाट आउने गरेको हवाई इन्धन स्थानान्तरणपछि लखनउ डिपोबाट आउने भएपछि आपूर्ति रोकिएको जनाएको छ। रक्सौलबाट हुँदै आएको ढुवानी अब लखनउबाट गर्नुपर्ने भएकाले कागजी प्रक्रिया (रुट पर्मिट) लगायतको काममा निगम लागे पनि ढुवानी व्यवसायीहरूले आन्दोलन गरेकाले आपूर्ति अनियमित भएको आयल निगम लुम्बनी प्रदेशिक डिपोका प्रमुख नवविनोद पोख्रेलले बताए। ‘शुक्रबारसम्मका लागि भण्डारण छ हामीसँग भएको मौज्दात घट्दै जानु, आपूर्तिको अवस्था यस्तै रहे समस्या हुन सक्छ,’ प्रमुख पोख्रेलले भने।

एक सातादेखि विमानस्थलमा इन्धन आपूर्ति अनियमित भएपछि नेपालगंज र धनगढीको डिपोहरूले इन्धन दिन नसकिने जनाएका छन् । निगमले इन्धनको व्यवस्थापन नगरे आन्तरिक हवाई उडान प्रभावित हुने छ। निगमको धनगढी र नेपालगञ्ज डिपोले सबै हवाई इन्धन सेवा प्रदायकलाई अत्यावश्यकबाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न पत्राचार गरेको छ। निगमले डिपोहरूले आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई सूचना जारी गर्नुपरेको जनाएको छ। डिपोले पनि हवाई सेवा प्रदायकलाई काठमाडौंमै इन्धन भर्न सूचना जारी गरेको जनाएको छ।

धनगढी र नेपालगंज विमानस्थलमा काठमाडौंबाटै हवाई इन्धन बोक्नुपर्ने सर्कुलरले विमान कम्पनीहरु र यात्रुलाई थप आर्थिक भार पर्नेछ। अतिरिक्त मात्रामा इन्धन बोक्दा काठमाडौंबाट हुने उडानमा यात्रु संख्या र कार्गो कटौती गर्नुपर्ने र यसले सञ्चालन खर्च, भाडा दुवैलाई हानी पुर्‍याउँछ।

डिपोमा व्यवसायीहरूले १९ भदाैदेखि आपूर्ति रोकेका छन्। अब अत्यन्तै कम मात्रामा मात्रै इन्धन छ, आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्ने गरी विमान सेवा प्रदायकलाई जानकारी गराएको हो। भैरहवास्थित गौतमबुद्ध विमानस्थमलमा पनि मौज्दात सकिँदै गएको छ । ढुवानी (ट्यांकर )व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले तोकेको अत्यावश्यक सेवाअन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न। तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ।

भलवारी डिपोका लागि भारतको बैतालपुरवाट पेट्रोल, गोण्डाबाट मट्टीतेल, अमलेखगञ्जबाट डिजेल र रक्सौलवाट हवाई इन्धन आउने गरेको थियो। लुम्बिनी प्रादेशिक डिपोमा दैनिक पेट्रोल, मट्टीतेल, डिजेल र हवाई इन्धन करिब ६० गाडी पेट्रोलियम पदार्थ आयात भई वितरण हुने गरेको छ।

नेपाल आयल निगमले पेट्रोलियम व्यवसायीहरूलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ। पेट्रोलियम पदार्थको पीडीओ नलिने एवं सबै नाकाबाट भारततर्फ लोड गर्न नजानेलगायतका आन्दोलन कार्यक्रम गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको मागप्रति निगम व्यवस्थापन सकारात्मक रहेको र उक्तको मागको समाधनका लागि आवश्यक पहल भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले २० भदाैदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने र २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड र अनलोड नगर्ने कार्यक्रमअनुसार नै अन्दोलनका कार्यक्रम गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM