Friday, January 17, 2025
घरसमाचारराजनीतिप्रतिनिधिसभा सदस्यमा राजीव बिक्रम शाह जाजरकोटबाट एकल उम्मेदवार सिफारिश

प्रतिनिधिसभा सदस्यमा राजीव बिक्रम शाह जाजरकोटबाट एकल उम्मेदवार सिफारिश

काठमाण्डौ/नेपाली काँग्रेसका नेता राजिव विक्रम शाह जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदको लागि एकल उम्मेदवारको रुपमा सिफारिशमा पर्नु भएको छ।

संघीय संसदका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य युवा नेता तथा समाजसेवी राजिव विक्रम शाहको नाम सर्बसम्मत रुपमा चयन गरि केन्द्रमा पठाईएको नेपाली कांग्रेसले जनाएको छ।

२०७० सालको संविधान सभाको निर्वाचनमा जाजरकोटबाट विजयी भएका शाह २०७४ सालमा बामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शक्ति बस्नेतसँग पराजित भएका थिए ।

जाजरकोटमा फैलिएका विभिन्न महामारी लगायत जिल्लावासीको सुखदुःखमा सदैव समर्पित रहँदै आएका शाहले स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याउँदै आएका छन् ।

जिल्लाको छेडागाड ५ बडाबनमा पाँच करोड रुपैयाँ निजी लगानीमा अस्पताल निर्माण गरेका छन् । कोभिड महामारीको बेला कर्णाली प्रदेश अस्पताललाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका थिए । त्यस्तै जाजरकोट अस्पताललाई पनि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका शाहले यस पटक जनप्रतिनिधी बनेर जनताको सेवा गर्ने बताएका छन् ।

जनताले आफुलाई साँसद भएको हेर्न चाहेकोले पार्टीले आफुलाई विश्वास गरेर टिकट दिनेमा शाह विश्वस्त छन् । गठबन्धनले आफूलाई टिकट नदिएर अरुलाई दिए जित्न गाह्रो हुने भएकोले जित निकाल्नका लागि पनि काँग्रेसको भागमा जाजरकोट पर्नु पर्ने शाहको भनाई छ ।

काँग्रेसले संघीय साँसदको समानुपातिकमा मैना कार्की, महेन्द्र शाह, रामजंग शाह, जनक नेपाली बादीलाई सिफारिश गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -