प्रहरीद्वारा एक करोड बराबरको अवैध सामग्री बरामद

0

काठमाडाैँ– जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती- १६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ ख ५१६८ नम्बरको ट्रकबाट एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो।

उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए।

बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्