Sunday, July 21, 2024
घरसमाचारराजनीतिपर्सा क्षेत्र २बाट विजय सरावगी र चन्दन मिश्रको नाम सिफारिश

पर्सा क्षेत्र २बाट विजय सरावगी र चन्दन मिश्रको नाम सिफारिश

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २० भाद्र/ पर्सा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट पूर्व नगर प्रमुख विजय कुमार सरावगीको नाम सिफारिश भएको छ भने क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यमा चन्दन कुमार मिश्रको नाम सिफारिश भएको नेकपा एमालेले जनाएको छ।

नेकपा एमाले, पर्सा निर्वाचन क्षेत्र २ समन्वय कमिटीको बैठकले सरावगी र मिश्रलाई प्रत्यक्ष उम्मेदवरको रुपमा सिफारिश गरेको हो।

प्रतिनिधिसभा सदस्यको लागि क्षेत्र २ बाट लागि सरावगी सँगै जिल्ला अध्यक्ष प्रभु हजराको पनि नाम सिफारिश गरेको छ भने समनुपातिकतर्फ विणा शर्मा, रबीना खातूनको नाम सिफारिश गरिएको छ।

त्यसैगरी प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फ चन्दन मिश्रसँगै ताहिर मियाँ, बाबूजन अली, केदार तिवारी, उद्धव उप्रेतीको नाम सिफारिश भएको छ भने दुर्गा लामिछाने, अर्जुन नेपाल, नन्दलाल कुर्मी, संतोष पासवनको नाम प्रदेशसभा सदस्यको लागि समानुपातिक सिफारिश गरिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -