२०८२ माघ २९ गते, बिहीबार ००:३३

पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण

मुगु । छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पुर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर, ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पुर्वाधार कार्यालयको मिलोमतोमा तटबन्धन निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १० लाख बजेटमा पहिरो नै नआउने स्थानमा तटबन्धन निर्माण भएको हो । बजेट विनियोजन हुँदा शिवमन्दिर जाने सडक समेत निर्माण गर्नुपर्ने भन्दै १० लाख छुट्टाइए पनि सडक निर्माण नगरी डाँडामा तटबन्धन मात्रै गरिएको छ ।

असार मसान्तमा बजेट आएको र उपभोत्ता समित गठन गर्न समय अभावले कोटेसन आह्वान गरेर ठेक्कामार्फत काम अगाडि बढाएको पूर्वाधार कार्यालय मुगुले जनाएको छ । तीन जनाको कोटेसन परेको र जसमा केटिएस निर्माण सेवाका प्रोपाईटर केशव चौलागाईले ठेक्का दिइएको थियो ।

सो क्षेत्रमा न बाढी, पहिरो , भू–क्षय आउने अवस्था छ सोही स्थानमा तटबन्धन गरिनुले सरासर रकम पचाउनेबाहेक अरु विकल्प नरहेको स्थानीय बताउँछन् । सदरमुकामभित्रै दर्जनौँ स्थानमा पटक पटक सडक अवरुद्ध हुने, बाढीको पनि जोखिम रहेका स्थान छन् । तर, जिल्लामा रहेको पुर्वाधार विकास कार्यालयले सुटुक्ट कोटेसन आह्वान गरी पहिरो नआउने स्थानमा तटबन्धन हाल्दा अनियमितता र मिलोमतोको गन्ध आएको स्थानीयको भनाइ छ ।

तटबन्धनमा ४६ जाली प्रयोग भएको छ । ती सबै जाली गुणस्तरहीन रहेको आरोप छ । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईका अनुसार पुर्वाधार विकास कार्यालयले सो स्थानमा तटबन्धन गर्दा उपभोक्ता समितिलाई कुनै पनि जानकारी नदिएको बताए ।

उनका अनुसार यस योजनाका लागि समितिले माग गरेको छैन । समितिले डाँडामा तटबन्धनका लागि माग पनि नगर्ने उनले बताए ।

पहिरो नै नआउने ठाउँमा तटबन्धन गर्नु भ्रष्टचारबाहेक अरु केही नभएको छायाँनाथ रारा नगरपालिका–२ का ऐनबहादुर हमालले बताए । उनका अनुसार बाढी पहिरो जाने धेरै ठाउँ छ । त्यहाँ तटबन्धल गरियो तर सडक योजनामा तटबन्धन गरिनुले अनमियतता भएको उनले बताए ।

पुर्वधार कार्यालयका सव–इन्जिनियर मोहनसिंह कार्कीका अनुसार आर्थिक वर्ष ०७८\०७९ को तटबन्धनको लागि १० लाख रकम विनियोजित गरिएकोमध्ये सात लाख रकम भुक्तानी भइसकेको बताए । सडक निर्माण शीर्षकमा १० लाख बजेट आए पनि पहिलो चरणमा फिल्ड निर्माणको लागि रिटेनिङ वाल बनाइएको बताए ।

विशेष गरेर सडक संरचनाको लागि १० लाखभित्र दुई मिटरसम्मको सडक फराकिलो बनाउने र बाँकी रकमले ग्याबिन रिटेनिङ वालले फिल्ड निर्माण गर्ने काम रहेको सबईन्जिनियर कार्कीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM