लिङदेनद्वारा सांसद पदबाट राजीनामा

0

काठमाण्डौ, १९ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् ।

आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले संसदको आयु ४ मंसिरको चुनावपछि पनि कायम राख्ने निर्णयका कारण लज्जित भएर आफूले राजीनामा दिएको उनले बताए ।

‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो’, लिङदेनले भने, ‘त्यसैले म राजीनामा घोषणा गर्न चाहन्छु ।’ उनले आफ्नो नाममा तलब भत्ता रोक्का गर्न माग गरे ।

संसदको म्याद चुनावपछि पनि लम्ब्याउन खोज्नु अनैतिक काम भएको आरोप उनले लगाए । लिङदेन ०७० को निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीसँगको तालमेलमा झापा–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्