२०८२ मंसिर १ गते, सोमबार ०६:०४

भारतीय स्थल सेनाध्यक्ष आज नेपाल आउँदै

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष जनरल पाण्डे आज नेपाल आउन लागेका हुन् ।

पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण गर्ने कार्यतालिका छ ।

प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । पाण्डे आगामी सेप्टेम्बर ८ सम्म नेपाल भ्रमणमा रहने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM