२०८२ कार्तिक २१ गते, शुक्रबार २१:३६

मधेश प्रदेशका मूख्यमन्त्री भन्छन्, “संघको असहयोगका कारण आर्थिक विकास गर्न सकेनौँ”

कार्यक्रममा उपस्थित प्रमुख प्रतिपक्ष लोसपाका प्रमुख सचेतक परमेश्वर साहले संघलाई मात्रै दोष दिएर नभई आफूले बनाएको कानून कतिको कार्यान्वयन भयो भनेर मुख्यमन्त्री राउतसँग प्रतिप्रश्न गरे ।

‘आर्थिक विकासका लागि उद्योग व्यवस्थापन सम्बन्धी ऐन २ वर्ष अघि नै ल्याइयो तर त्यसको कतिको कार्यान्वयन भयो कुनै अत्तोपत्तो छैन,’ उनले भने, ‘यति मात्र होइन प्रदेशको अर्को आर्थिक विकासको आधार पर्यटन विकासका लागि पर्यटन सम्बन्धी विधेयक ल्यायौं जुन अहिलेसम्म प्रदेश सभामा दर्ता भएर थन्किएको छ ।’

सो कार्यक्रममा जनकपुरधाम उपहानगरपालिकाका मेयर मनोज साहले प्रदेशका राजधानी जनकपुरधाममा आर्थिक समृद्धिका लागि यहाँ लगानीकर्ताहरुलाई लगानी गर्न वातावरण बनाई दिन प्रदेश सरकारसँग आग्रह गरे ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघले कोभिड १९ संक्रमणकालिन अवस्थामा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने स्थानीय निजी स्वास्थ्य संस्थाहरु, उद्योग व्यवसायमा महत्वपूर्ण योगदान पुर्याएका उद्योगी व्यवसायीहरुलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM