२०८२ मंसिर १ गते, सोमबार ०६:३३

महेश बस्नेतको क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा मीना ढकाल र कबीर राणालगायतको नाम सिफारिश

काठमाण्डौ, १६ भदौ/

यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधि/प्रदेशसभा सदस्य पदको लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम देशभरीबाट सिफारिस गर्न थालिएको छ।

सोही क्रममा भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ले पनि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिश गरेको छ।

क्षेत्र नम्बरका क्षेत्रीय सभापति भेष बहादुर कार्कीको अध्यक्षतामा बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ दुर्लभ थापा, कबीर राणा, सुनील ठकुरी, बिनोद कायस्थ र मदन कृष्ण श्रेष्ठको नाम सिफारिश गरेको छ भने समानुपातिक तर्फ मीना ढकाल, अष्ट कवे, अच्युत मिश्र, जयराम श्रेष्ठ, नारायण काजी खायमली, सबिन ढूंगेल र रमा पौडेल कोइरालाको नाम सिफारिश गरेको छ।

भक्तपुर क्षेत्र नं. २ एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतको घर भएको क्षेत्र हो। सो क्षेत्रबाट यस अघिको प्रतिनिधिसभा सदस्यमा महेश बस्नेत निर्वाचित भएका थिए भने दमननाथ ढुंगाना पराजित भएका थिए।

यसैबीच समानुपातिक तर्फ उम्मेदवार सिफारिसमा पर्नु भएकी नेतृ मीना ढकालले नेपाली काँग्रेस जस्तो नेपालको ऐतिहासिक लोकतान्त्रिक पार्टीको तर्फबाट प्रतिनिधीसभा सदस्य पदको उम्मेदवारको रुपमा पार्टीले पार्टीले आफूमाथि विश्वास गरि न्याय गरेको खण्डमा देश र जनताको लागि केही फरक रुपले र नयाँ ढंगले संसदमा आफ्नो उपस्थिति रहने बताउनु भयो ।

उनले पार्टीले तय गरेका अन्य उम्मेदवारलाई विजयी गराउन कटिवद्ध रहने समेत बताउनु हुँदै पार्टीको आदर्श, सिद्धान्त, मूल्य र मान्यताप्रति पूर्ण प्रतिवद्धता जनाउँदै, देश, जनता र लोकतन्त्रको सर्वोपरी हितलाई ध्यानमा राखी आसन्न प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्य पदको निर्वाचनमा आवश्यकता र अवस्था अनुसार पार्टीले गरेको जुनसुकै निर्णय र प्रदान गरेको जिम्मेवारीलाई शिरोधार्य गरी पार्टीको निर्णय अनुरुप सम्पूर्ण रुपमा क्रियाशील रहन प्रतिवद्ध छु र भविष्यमा रहने बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM