२०८३ असार १९ गते, शुक्रबार १८:३६

प्रहरीद्वारा साना मदिरा भट्ठी नष्ट, मुख्यमा उत्पादन जारी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १७ साउन/

प्रहरीकै संरक्षणमा वीरगंज महानगरमा अवैध मदिरा भट्ठी संचालन भइरहेको समाचार चन्द्रसूर्य वाणीले सार्वजनिक गरेपछि मंगलवार दिउँसो वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजको टोलीले वीरगंज-११ श्रीपुरस्थित दुईवटा साना घरेलु मदिराभट्ठी नष्ट गरेको छ।

वडा प्रहरी कार्यालय श्रीपुर, वीरगंजले दिएको जानकारी अनुसार कृषि अनुसन्धान केन्द्र पछाडी माया मगर र अथि माया राइले संचालन गरेको अबैध रक्सी भट्टी संचालन गरेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली राज सापकोटाको निर्देशनमा प्र.ना.नि. रविन्द्र साह तुराहको कमाण्डमा तत्काल प्रहरी टोली खटिई गई भट्टीमा प्रयोग हुने माटोको भाडाहरु ५ थान, कच्चा पदार्थ ५०० लि. चुल्हो ४ थान, लोकल रक्सी १५० लि. नष्ट गरिएको छ।

प्रहरी टोलीले सो स्थानबाट रक्सी बनाउने भाडो (मेसिन) २ थान र प्लाष्टिकका पाइप २ थान बरामद गरि नियंत्रणमा लिएको तर आपसी मिलेमतोमा भट्टी संचालक माया मगर र अथि माया राइलाई छाडेको श्रोतले जनाएको छ।

समाचारमा प्राप्त जानकारी अनुसार सोही स्थानमा दैनिक परिमाणमा उत्पादन हुने मुन्ना भन्ने व्यक्तिको मदिरा भट्ठी प्रहरीले यथावत संचालन गर्न दिएको छ।

स्रोतका अनुसार मुन्ना सहित दुई जना शक्तिशाली भुपु प्रहरी कर्मचारी समेतको लगानीमा संचालित सो मदिरा भट्ठी संचालनको लाईन प्रहरीको माथिल्लो निकायसम्मको सेटिंगमा भइरहेकोले पर्सामा आउने कुनै पनि प्रहरी नेतृत्वले सो मदीरा भट्ठी संचालनमा अवरोध गर्ने गरेका छैनन्।

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM