चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १५ साउन/
हिन्दुत्वको चर्को नारा दिने, राजतन्त्र फर्काउने र भारतीय विस्तारवादको चर्को आलोचना गर्नुको साथै दुबै सदनबाट पारित भएर राष्ट्रपति समक्ष प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयकको विरोध गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनको राष्ट्रवादी मुखौटा एक भारतीय व्यापारीको “नोट”को अगाडी उदांगिएको छ।
भारत विहार बैरगनियाको बेल निवासी नरसिंह साहको छोरा नरेस कुमार साहले २०६३-१०-१७ गते झूठो विवरण पेश गरि जन्मको आधारमा नागरिकता लिए।
त्यहाँबाट बसाई सरेर वीरगंज आई अवैध धन्दा गरेर आर्जन गरेको संपत्तिबाट राजनीति रुपमा स्थापित हुन खोजिरहेका छन्। पैसाको आडमा राप्रापा अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रभाव पार्न सफल नरेशले वीरगंज बजारमा लिंगदेनको लागि बनाईएको स्वागत द्वारमा आफ्नो मात्र फोटो हालेर राप्रापाको प्रभावशाली नेता र पर्सा क्षेत्र नं.२का संभावित सांसदको उम्मेदवार भनि छ्याप-छ्याप्ति पोस्टर बनाएर झुण्ड्याएका छन्।
दोहरो नागरिकता सम्बन्धी जिल्ला प्रशासन कार्यालय पर्सामा परेको मुद्दामा अनुसन्धान प्रकृया पूरा गरेर गृह मन्त्रालयमा नरेश कुमार साहको नागरिकता खारेजी सम्बन्धी प्रकृया अगाडी बढ़ाईरहेको छ।
नरेश कुमार साहलाई संभावित कार्रवाहीबाट जोगाउन उनको निमन्त्रणामा राजेन्द्र लिंगदेनको श्रावण १६गते एक कार्यक्रमको आयोजना गरिएको छ।
पार्टी प्रवेशको लागि भनिएको सो कार्यकमको सम्पूर्ण खर्च नरेश कुमार साहले नै ब्योहोर्ने बताइन्छ।