पेट्रोलियम पदार्थमा १० रूपैयाँ पूर्वधार कर घटाइयो

0

काठमाडाैं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार करमा १० रुपैयाँ घटाएको छ ।

मंगलबार अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हाे ।

उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा  उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो ।

योसँगै अब पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत मिल्ने भएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्