काठमाडाैं । न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई मंगलबार स्युचाटारबा पक्राउ गरेको हाे ।
उनले दुई जना युवालाई वर्किङ भिसामा न्युजिल्यान्ड जान १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ कृषि फर्ममा काम लगाइदिने आश्वासन दिएका थिए। त्यसको मासिक तलब साढे दुई लाख हुन्छ भन्दै विश्वासमा लिएर दुई जनाबाट ३० लाख रुपैयाँ ठगी गरेको स्राेतले बताएकाे छ ।