Friday, April 26, 2024
घरसमाचारअर्थवाणीबजेट: कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

बजेट: कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमान्ड़ौ, १५ जेष्ठ

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमा तलब वृद्धि गरेको बताएका हुन्।

उनका अनुसार बढेको तलब कर्मचारीले साउन १ देखि पाउनेछन्।

चालू आर्थिक वर्षमा पनि सरकारले कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको थियो। यसअनुसार मुख्यसचिवको तलब ६७ हजार १४० भत्तासहित ७१ हजार ६१६ रुपैयाँ थियो।

त्यस्तै सचिवको ६२ हजार ६८० भत्तासहित ६६ हजार ८६० रुपैयाँ, सहसचिवको ४९ हजार ३८० भत्तासहित ६० हजार ९०२ रुपैयाँ, उपसचिवको ४२ हजार ३८० भत्तासहित ५३ हजार ६८४ रुपैयाँ, शाखा अधिकृतको तलब ३७ हजार ९९० भत्तासहित ४८ हजार १२६ रुपैयाँ रहेको थियो।

अर्थ मन्त्रालयले गत साउनमा तोकेको तलबमान र सुविधाअनुसार प्रधानसेनापतिको तलब ६७ हजार १४० मा भत्तासहित ७१ हजार ६१६ रुपैयाँ, प्रहरी महानिरीक्षकको तलब ६२ हजार ६८० भत्तासहित ६६ हजार ८६० रुपैयाँ रहेको छ।

शिक्षकहरुको माध्यमिक तह (प्रथम श्रेणी) तलब ४९ हजार ३८० भत्तासहित ५९ हजार २५६ रुपैयाँ, निम्न माध्यमिक तह (प्रथम श्रेणी)को ३९ हजार ८८० भत्तासहित ५० हजार ५२० रुपैयाँ रहेको थियो।

प्राथमिक तह (प्रथम श्रेणी) ३७ हजार ९९० भत्तासहित ४८ हजार १२६ रहेकामा अब माथिका यी सबै तलबमानमा १५ प्रतिशत वृद्धि हुनेछ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -