२०८२ माघ १२ गते, सोमबार १४:१५

सशस्त्र प्रहरीका डिआइजी पौडेल एआइजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजी सिफारिसले नवनियुक्त आइजीपी राजु अर्याललाई शुरुमै धक्का लागेको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडेललाई मात्रै एआईजी बढुवाका सिफारिस गर्न दबाब दिँदा आइजीपी भएको दुई दिनमै धक्का लागेको हो ।

विगतमा अर्यालसँगै प्रतिस्पर्धी रहेका डिआइजी चन्द्रप्रकाश गौतम (सीपी) लाई छुटाएर एकल रुपमा पौडेललाई मात्रै बढुवा सिफारिस गरिएको छ । मन्त्रालयमा बुधबार साँझ बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस पौडेललाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस गरिएको छ । वरियतामा अघि रहेका डीआईजी पौडेललाई मात्रै सिफारिस गर्न गृहमन्त्री बालकृष्ण खाँणले दबाब दिएको स्रोतले जनाएको छ । पौडेलपछिको वरियतामा क्रममा रहेका गौतमलाई एआईजीमा बढुवा सिफारिस नगर्न मन्त्रीले दबाब दिँदा बाध्य भएर एक जनालाई मात्रै सिफारिस गर्नु परेको मन्त्रालय स्रोतले जनाएको छ ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । पौडेललाई तीन वर्षपछि आइजीपी बनाउने गरी अहिले एआइजी बढुवा गरिएको पनि स्रोतको दाबी छ । एआइजीको बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका भएपनि उनीहरु मध्ये एकजनालाई मात्रै सिफारिस गरिएको हो ।

डीआईजी पौडेलसहित गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए । त्यसमध्ये गौतम आइजीपीकै दावेदार हुन् । तर उनलाई एआइजीमा पनि बढुवा गरिएन । उनको स्थानमा हाल डिआइजी वंशी दाहालले दाबी गरिरहेका छन् । तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएपछि एआइजीको दुई पद रिक्त भएको थियो ।

केसीको ठाउँमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । अर्याल र पौडेलको रिक्त एआईजी पदमा बढुवाको सूचना जारी गर्दा दाहाल र प्रधानले पनि आवेदन हालेका थिए । अब हुने एआइजीका लागि गौतम र दाहाल मध्ये एक जना एआइजी हुनेछन् । अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए । तर गौतम उनीहरु भन्दा दुई वर्ष अघि नै भर्ना भएका थिए । नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका गौतमले २०५२ सालमा सेवा प्रवेश गरेका हुन् । भर्नामा अर्याल र पौडेलभन्दा गौतम दुईवर्ष अघि रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM