२०८२ माघ २८ गते, बुधबार ०४:२३

उम्मेदवारसँग मतदाताको ४० बुंदे घोषणापत्र

 – रवीन्द्र समीर

१. प्रदुषण नियन्त्रण :

काठमाडौं विश्वकै प्रदुषित सहरमा पर्दछ । सानातिना काममा लापरबाही गर्नाले तथा कुनै पनि पक्षले जिम्मेवार अनुभूत नगरेको हुँदा काठमाडौं बस्न नमिल्ने सहर बनिरहेको छ । मानव स्वास्थ्यमा तथा पर्यटन आवागमनमा प्रदुषण सबैभन्दा घातकसिद्ध हुँदैछ । प्रदुषण नियन्त्रण गर्नको लागि न्यूनतम रुपमा निम्न काम गर्नु जरुरी छ ।
– हरेक घर, टोल, खाली ठाउँ, कार्यालय, बिद्यालय / कलेज तथा सडकको दुवैपट्टी ब्यापक रुपमा वृक्षारोपण गरेर काठमाडौंलाई जंगलको सहर बनाउने ।
– भित्री तथा बाहिरी सडक छेउंदेखि कुनासम्म गुणस्तरीय पिच गरेर धुलोको स्रोत बन्द गर्ने ।
– पुराना सवारीसाधन बिस्थापित गर्ने ।
– ट्राफिक प्रहरीले मापसे चेक गरेझैं सवारीको प्रदुषण चेक गर्ने । धुँवा फ्याँक्ने साधनलाई तत्काल नियन्त्रणमा लिने । प्रदुषण गर्ने साधनलाई जरिवाना तिराएर सर्भिसिंग गर्न लगाउने । अवस्था ठिक भएपछि मात्र सहरमा गुड्न दिने ।
– उपत्यका भित्रिने बाहिरका गाडीलाई नाकामा धोएर मात्र प्रवेश गर्न दिने ।
– प्लास्टिक, प्लास्टिकजन्य प्याकेट आदिमा प्रतिबन्ध लगाउने ।
– मुख्य तथा भित्री सडकमा बिहान ६ बजेभित्र बढारेर सक्ने ।
– उपत्याकका इट्टाभट्टालगायत प्रदुषण गर्ने कारखानालाई उपत्यका बाहिर बिस्थापित गर्ने ।
– काठमाडौंमा हावा छिर्ने धादिंग, नुवाकोटलगायतका स्थानको प्रदुषण रोक्ने ।
– काठमाडौंको प्रदुषण बाहिर पठाउनको लागि शिवपुरी, भक्तपुर, भैंसेपाटी लगायतका ठाउँमा सुरुंग बनाउने ।
– हरेक १०० मिटरमा फोहोर संकलन गर्ने चोयाका डस्टबिन राख्ने ।
– कुहिने र नकुहिने फोहोर छुट्याएर मल कारखाना र डम्पिंग साइटमा वडा / वडाबाट त्यहि दिन पुर्याउने ।
– काठमाडौंका खोलामा फोहोर शुन्य रणनीति लागु गर्ने ।
– हर्न तथा अन्य आवाजजन्य प्रदुषण न्यून गर्ने ।
– सबै कार्यालय तथा व्यक्तिगत सवारीको साधन विद्युतीय अनिबार्य गर्दै जाने ।
.
२. ट्राफिक ब्यबस्थापन :
.
ट्राफिक जाम काठमाडौंको ठूलो समस्या बनेको छ । यसको ब्यबस्थापन गर्नको लागि निम्न लिखित काम गर्ने ।
– गोंगबुस्थित बसपार्कलाई सहरबाहिर सार्ने । हालको बसपार्कलाई लोकल बस पार्क बनाउने ।
– साना सवारीसाधन बिस्थापित गरेर लामा तथा २ तले सवारीसाधन चलाउने ।
– सवारी साधनको टाइमिंग मिलाउने । जस्तै : स्कुलको बस ९ बजे, कार्यालयको बस १० बजे, गैह्रसरकारी संस्थाका बस १२ बजे, निर्माण सामग्रीका साधन राति १० बजेदेखि बिहान ४ बजेसम्म आदि ।
– कार्यालयका साधनमा सिट क्षमता पुरा गरेर मात्र कर्मचारीलाई ल्याउने / पुर्याउने ।
– आफ्नै वडाका स्कुलमा बिध्यार्थिलाई भर्ना गर्नुपर्ने ।
– हरेक चोकमा ६० सेकेन्डको रातोबत्ती र हरियो बत्ती बल्ने स्वचालित बत्ती जडान गर्ने ।
– लेन अनुशाशनमा कडाइ गर्ने ।
– सिसिटिभी मार्फत सवारीसाधनको गल्ती पत्ता लगाएर जरिवाना गर्ने ।
– ससाना दुर्घटना भएमा उक्त ठाउँमा भीड नगराउने । सम्बन्धित साधनलाई चौकीमा पुर्याएर त्यहिं छलफल गर्ने ।
– खोलाका किनारका सडक चौडा बनाउने ।
– सशुल्क बाटा खोल्ने ।
– नयाँ सवारीसाधन खरिद आबश्यकता अनुसार मात्र गर्ने ।
– महानगरका हरेक स्थान र सेवालाई प्रबिधि मैत्री बनाउने ।
.
३. फोहोर ब्यबस्थापन :
.
– हरेक २०० मिटरमा स्मार्ट शौचालय राख्ने ।
– प्रत्येक टोलमा संकलित फोहोरलाई त्यहि दिन उठाउने ।
– दीर्घकालीन र पायक पर्ने धेरैवटा डम्पिंग साइटको ब्यबस्था गर्ने ।
– ढललाई खोलामा एक्जिट नदिने । ढललाई डम्पिंग साइटमा पुर्याउने ब्यबस्था गर्ने ।
– प्लास्टिक प्रतिबन्ध गर्ने ।
– फोहोर उठाउन हड्ताल गरेमा अत्यावश्यक कानुन लगाएर कारबाही गर्ने ।
– कौसी खेती, करेसा खेती अनिबार्य गरेर कुहिने मलको त्यहिं सदुपयोग गर्ने ।
.
४. सडक ब्यबस्थापन :
.
– हरेक सडकमा गुणस्तरीय पिच गर्ने । पिच गर्ने कम्पनीलाई घटीमा १० बर्षको वारेन्टी गर्ने । कुनै ठाउँमा खाल्डो भएमा वा सडक भत्किएमा उक्त कम्पनीले तुरुन्त मर्मत गर्नुपर्ने व्यवस्था मिलाउने | यसको लागि टोल फ्री नम्बर नागरिकलाई उपलब्ध गराउने ।
– सडक, ढल, खानेपानी, दुरसंचार, बिद्युत आदिको एकीकृत टिम बनाएर त्यहि दिन बाटो खन्ने, त्यहि दिन एकीकृत काम गर्ने र त्यहि दिन बाटो पिच गर्ने ब्यबस्था मिलाउने ।
– जेब्रा क्रसिंग, लेन लाइन, सडकबत्ती, संकेत चिन्ह लगायत स्पष्ट गर्ने ।
– साइकल लेन तथा सम्भव ठाउँमा मोटरसाइकल लेन बनाउने ।
– सडक सिधा गर्ने ठाउँमा बाधा भएका ठाउँमा क्षतिपूर्ति दिएर सडक सिधा र फराकिला बनाउने ।
– हरेक वडामा बहुतले वा अन्डरग्राउण्ड पार्किंग निर्माण गर्ने ।
– ब्रुमर तथा महानगरका कर्मचारीले सडक सफा नियमित गराउने ।
– .
५. हरेक वडामा सुबिधासम्पन्न र स्वास्थ्य बिमा भएको नगर अस्पताल निर्माण गर्ने । सम्भव भएका टोलमा योग, ध्यान, भजन, प्रार्थना आदि संचालन हुने आरोग्य केन्द्र स्थापना गर्ने । जडिबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरणलाई प्राथमिकता दिने ।
६. हरेक वडामा १२ कक्षासम्म निशुल्क अध्ययन गर्ने गुणस्तरीय नगर शिक्षालय तथा सीप केन्द्रको स्थापना गर्ने । सीप केन्द्रमा कार्पेन्टर, सिलाइ, प्लम्बिंग, वायरिंग,ड्राइभिङ, बुट्टा बनाउने, थांका बनाउने आदि प्रशिक्षण दिने ।
७. हरेक वडामा रोजगार बैंक स्थापना गर्ने | उक्त बैंकबाट रोजगारी दिने संस्था र रोजगारी खोज्ने नागरिकलाई समन्वय गर्ने ।
८. हरेक वडामा स्तरीय पुस्तकालय बनाउने ।
९. हरेक वडाका सार्वजनिक ठाउँ, गुठीको जग्गा, मैदान आदिमा पार्क बनाउने | पार्क बाताबरणमैत्री बनाउने | सहरका ठूला ठाउँ, जंगल आदिमा बिशाल पार्क बनाउने ।
१०. आकासको पानी संकलन केन्द्र, ठूला पोखरी निर्माण, खोलामा बाँध बाँधेर पानी संकलन आदिलाई प्राथमिकता दिएर पानी संकलन गर्ने ।
११. खानेपानीको समस्या समाधान गर्नको लागि मेलम्ची बाहेक स्थानीय तथा नजिकको मुहानबाट थप खानेपानी आयोजना निर्माण गर्ने । वितरण पारदर्शी र नियमित गर्ने ।
१२. टेलिफोन, केवल, बिजुली आदिका तारलाई एकीकृत रुपमा एउटा पाइपमा राखेर भूमिगत गर्ने । कुनै कम्पनीले यो संयन्त्रको स्वीकृति बिना तार राख्न नपाउने ।
१३. यातायात, खानेपानी, टेलिफोन, मालपोत, कर आदि तिर्ने प्रयोजनको लागि डिजिटल कारोबार गर्ने । सेवाग्राहीलाई टाइम कार्ड उपलब्ध गराएर सुबिधा दिने ।
१४. उपत्याकाका डांडाकाँडामा डोजर लगाएर प्लटिंग गर्ने काम रोक्ने । हरिया डांडामा थप वृक्षारोपण गर्ने । काठमाडौंका डांडाका बस्तीलाई गाउँको मोडेलमा बिकास गर्ने ।
१५. नगर बिकास समितिले मात्र प्लटिंग गर्ने ब्यबस्था गर्ने । दलाल प्रथा अन्त्य गर्ने ।
१६. सहर २४ घण्टा खुला राख्ने । हरेक बस, सडक तथा टोलमा सिसिटिभी क्यामेरा तथा सुरक्षाकर्मी राखेर सुरक्षित सहरको रुपमा बिकास गर्ने ।
१७. विश्व सम्पदा सूचीमा परेका स्थानलाई थप सुन्दर बनाउने, पारम्परिक बनाउने | सम्भावित ठाउँलाई मापदण्ड पुरा गरेर विश्व सम्पदा सूचीमा दर्ता गराउने पहल गर्ने ।
१८. नजिकका सम्पदा क्षेत्रलाई जोड्ने गरी सम्पदा मार्ग बनाउने ।
१९. विश्वसम्पदाको १ किलोमिटर वरपर सम्पदा क्षेत्र बस्ती घोषणा गरेर त्यहाँका भित्री बस्तीमा पर्यटक मार्ग बनाउने ।
२०. एक वडा एक पर्यटन केन्द्र बनाउने ।
२१. हरेक वडामा सुबिधासम्पन्न तरकारी तथा फलफूल बजारको स्थापना गर्ने । उक्त केन्द्रलाई स्थानीयको उत्पादन किन्ने तथा उपभोक्तालाई बिक्रि गर्ने ब्यबस्था मिलाउने । यस किसिमका खाधान्न बजार पनि स्थापना गर्ने ।
२२. महंगी, कालोबजारी तथा खाधान्नमा मिसावट नियन्त्रण गर्न नियमित रुपमा अनुगमन गर्ने । निम्न आय भएका व्यक्तिलाई बिशेष छुटको लागि रासन कार्ड प्रदान गर्ने ।
२३. सकभर आफ्नो देशको खाधान्न, फलफूल, तराकारी, दुध, मासुको प्रयोग गर्ने ।
२४. उपत्यकाका मठ, मन्दिर, गुठी, जात्रा तथा सांस्कृतिक महत्वका स्थानलाई सुन्दर बनाउने ।
२५. सडकका हरेक घरमा रंगरोगन अनिबार्य गर्नुपर्ने, मौलिक कला झल्किने झ्याल राख्ने तथा हरेक वडामा एकै रंग लगाएर सहर सुन्दर र एकरूप बनाउने ।
२६. निर्माण गर्दा अनिबार्य रुपमा छोपेर मात्र निर्माण गर्ने तथा निश्चित अबधिमा सक्नुपर्ने ब्यबस्था मिलाउने ।
२७. बस्तीका पेट्रोल पम्प स्थानान्तरण गर्ने ।
२८. महानगरलाई ३ महिना पुग्नेगरी इन्धनको स्टक राख्ने ठूला डिपो निर्माण गर्ने ।
२९. निर्माण सामग्री सडकमा राख्न नपाउने ब्यबस्था गर्ने ।
३०. हरेक कार्यालयमा नागरिक बडापत्र अनुसार काम अनिबार्य सक्ने ब्यबस्था मिलाउने ।
३१. क्यासिनो, डान्सबार, क्लब लगायत रात्रिकालीन ब्यबसायलाई सुरक्षित, मर्यादित तथा सुविधाजनक बनाउने ।
३२. काठमाडौंका पुराना बस्ती, पर्यटक केन्द्र ( असन, इन्द्रचोक, ठमेल लगायत ) का सडकमा इट्टा वा ढुंगा छापेर पैदल हिंड्ने बनाउने ।
३३. पुराना बस्तीका घरलाई प्राबिधिक जांच गरेर रेट्रोफिटिंग गर्ने | भूकम्प आएमा बस्ने सुरक्षित स्थानको ग्यारेन्टी गर्ने ।
३४. काठमाडौंको सांस्कृतिक पक्ष, नेवारी खाना आदिलाई ब्राण्डिन्ग गर्ने | प्राचिन बाजा, माटोका भाँडा, सुकुल, मुकुण्डो, बेशभुषा आदिलाई थप ब्राण्डिन्ग गर्ने ।
३५. बाताबरण, संस्कृति, नैतिक शिक्षा तथा स्थानीय संस्कृतिलाई पाठ्यक्रममा समाबेश गर्ने ।
३६. सबै बस्तीको पहुँचमा एम्बुलेन्स, दमकल आदिको व्यस्था गर्ने ।
३७. पुराना ट्याक्सीलाई बिस्थापित गरेर सुबिधासम्पन्न अन्तराष्ट्रिय गुणस्तरका ट्याक्सी चलाउने ।
३८. पर्यटकको बसाइ लम्ब्याउन संस्कृतिक नगर, होम स्टे आदिको बिकास गर्ने ।
३९. हरेक वडामा काम गर्दा क्यालेन्डर अनुसार गर्ने । यसो गर्दा एकातर्फ बजेट फ्रिज हुँदैन भने अर्कोतर्फ बजेट सक्ने भनेर अन्तिम घन्टामा गुणस्तरहीन काम हुँदैन ।
४०. आठ लेनको चक्रपथ पुरा गराउने । बाहिरी चक्रपथको निर्माण कार्य तत्काल सुरु गर्ने ।
.
यी र यस्तै स्थान अनुसारका काम गर्ने, भ्रष्ट्राचार नगर्ने, ढिलासुस्ती नगर्ने, पक्षपात नगर्ने तथा जनताको सेवामा २४ सै घण्टा समर्पित हुनेछु भनेर हरेक उम्मेदवारलाई औठाछाप र हस्ताक्षर गराएर मात्र मतदान गर्नु र त्यसको फलोअप गर्नु हामी मतदाताको कर्तब्य तथा अधिकार हो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM