२०८३ बैशाख २ गते, बुधबार ०९:०७

माथिल्लो त्रिशूली ३ बी को काम ५८ प्रतिशत पूरा

काठमाडौं। रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ। माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको हो।

आयोजनाको निर्माण असोज २०८० भित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम धमाधम भइरहेको छ। नयाँ वर्ष मनाउन  माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रूपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुन सुचारू भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो। साथै, मुख्य सुरूङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो। ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरूङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ।

आयोजनाको प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले ३८०५मिटर लम्बाइ भएको मुख्य सुरूङमध्ये २८६५ मिटर खनिएको बताए।

‘सतही विद्युत गृह खन्ने कार्य सम्पन्न भई संरचनाको कंक्रिटिङ सुरू भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरूको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ,’ गौतमले भने, ‘चीनसँगका भन्सार नाकाहरू अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन, केरूङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएका छौं।’

इन्जिनियरिङ, खरिद तथा निर्माण ९इपिसी० मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन। माथिल्लो त्रिशूली ३ एको विद्युत गृहबाट विद्युत उत्पादनपश्चात निस्किएको पानीलाई आयोजनाको सुरूङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ।

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार(त्रिशूली ३ बी हब प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM