उद्योगपति हिरालाल केडियाको निधन

0

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ फाल्गुण/ नेपालकै पूराना एवं प्रसिद्ध औद्योगिक घरानाका केडिया ग्रुपका प्रमुख तथा उद्योगपति एवं समाजसेवी हिरालाल केडियाको निधन भएको छ ।

वीरगंज निवासी केडियाको मंगलबार साँझ ८:२०बजे काठमाण्डौको एम्स हस्पिटलमा निधन भएको उनको पारिवारिक श्रोतबाट जानकारी हुन आएको छ । स्व. केडिया केहि समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

केडियाको निधनले वीरगंज मात्र नभई सिंगो औद्योगिक क्षेत्रले एउटा कुशल अभिभावक गुमाएको छ । यस विषयमा थप समाचार अपडेट गराउँदै जानेछौं ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्