Thursday, July 18, 2024
घरसमाचारअर्थवाणीनक्कली नेपाली नोटसहित एक पक्राउ

नक्कली नेपाली नोटसहित एक पक्राउ

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, १९ फाल्गुण/
सशस्त्र प्रहरीले बारा जिल्लाबाट तीन लाख नक्कली नेपाली रुपैयाँ सहित एक युवकलाई पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ़ न.पा.६ स्थित अमरपुर सीमा क्षेत्रमा नहरतर्फ आउँदै गरेको लु.७८प. २३९७ नम्बरको मोटरसाइकिललाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा धनुषा छिरेश्वरनाथ नपा-५ दिगम्बरपुर बस्ने १९ वर्षीय वीरेन्द्र महतोको साथबाट नेपाली एक हजार रुपैयाँको तीन सय एक थान नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयको स्क्वायड टीमको सूचनाको आधारमा बिओपी गोलागंज, बाराको टोलीले बरामद गरेको नेपाली नक्कली नोट तीन लाख एक हजार र सक्कली १५ सय रुपैयाँ एवं मोटरसाइकिल सहित पक्राउ परेका महतोलाई आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय गोलागंजमा पठाइएको डीआईजी मगरले चन्द्रसूर्यलाई बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -