Sunday, September 8, 2024
घरसमाचारअर्थवाणीअरबौं रुपैयाँ बक्यौता राखेर फरार भएका मदिरा व्यवसायी अग्रवाल पक्राउ

अरबौं रुपैयाँ बक्यौता राखेर फरार भएका मदिरा व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं । मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा महानगरिय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो।

उनलाई आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।

बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए। फरार भएको करिब एक महिनापछि आफै प्रहरी सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आएपछि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए।

अग्रवालले लिएको ऋण तिर्न नसकेपछि बैंकहरूले ग्रीन लाइन पसल ‘सिल’ गरेका छन्। अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए। अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -