Monday, May 20, 2024
घरसमाचारअर्थवाणीसशस्त्र प्रहरीद्वारा १६ लाख भन्दा बढीको भन्सार छलिका सामान बरामद (भिडियो सहित)

सशस्त्र प्रहरीद्वारा १६ लाख भन्दा बढीको भन्सार छलिका सामान बरामद (भिडियो सहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ फाल्गुण/  सशस्त्र प्रहरी बल नेपालले १६ लाख २१ हजार मूल्य बराबरको भन्सार छलिको सामानसहित एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

शनिवार सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको सशस्त्र प्रसनि राम केवल राय सहित ५ जना समुहको स्क्वायड टोलीले विशेष सूचनाको आधारमा सर्लाही कविलासी-८ गौरमा मलंगवाबाट नवलपुर जाँदै गरेको बा.३ख ७३३६ नम्बरको मिनी ट्रक चेक जाँच गर्दा माथि खानेपानीको कार्टून/जार भित्र लुकाई ल्याएको १७ बोरा चीनी, रेडबुल नीलो ८ कार्टून, रातो रेडबुल ४ कार्टून, ललिपप ५ बोरा अवैध रुपमा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

चेकजाँच गर्दै गर्दा चालक फरार भएकोले ट्रक र बरामद गरिएको अवैध सामान मलंगवा भन्सार कार्यालयमा बुझाईएको र चालकको खोजी भैरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

 

भिडियो हेरौं

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -