२०८३ जेष्ठ १३ गते, बुधबार २०:३४

लायन्स क्लवद्वारा वीरगंजमा रक्तदान कार्यक्रम

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ पौष ।
लायन्स क्लबले वीरगंजमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा विभिन्न क्षेत्रका महिला र पुरुष गरि ३० जनाले रक्तदान गरे ।

लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्म सप्ताहको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन वर्ष २०२२-२३ डिस्ट्रिक्ट ३२५ S को आगामी नेतृत्वका उम्मेदवार लायन उमेश साह कानुले बताउनु भयो ।

वीरगंज-१४ बहुअरीस्थित स्पर्श मल्टीस्पेसलिटी हस्पिटलमा लायन्स क्लब अफ वीरगंज गेटवे, नर्थ र आदर्शनगरले संयुक्त रुपमा आयोजना भएको सो कार्यक्रमको सभापतित्व लायन विवेक बेरीवालले गर्नु भएको थियो ।

कार्यक्रममा सीनियर लायन रामबिहारी पाण्डे, प्रकाश बाहेती, लायन विनय बंसल उमेश साह कानु, लायन्स क्लव अफ वीरगंज ग्रीन कैम्पसका किरण अग्रवाल, लायन्स क्लव अफ वीरगंज गेटवेका पूर्व अध्यक्ष महेश्वर प्रसाद कुर्मी र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM