Saturday, December 7, 2024
घरविचारइतिहासदेश परायाहरुको खेल मैदान बनिसकेको खतरा: पूर्वराजा शाह

देश परायाहरुको खेल मैदान बनिसकेको खतरा: पूर्वराजा शाह

काठमाडौँ, २६ पौष/
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना मन्तव्य दिनु हुँदै देश परायाहरूको खेलमैदान बनिसकेको खतरनाक स्थितिमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुभकामना मन्तव्यमा पूर्व राजा शाहले नेपालीलाई स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपालीको वैभव पृथ्वीनारायण शाहबाट प्राप्त भएको उल्लेख गरेका छन्।

पृथ्वीनारायण शाहको राष्ट्रभक्ति, साहस र नेपालीको आँट र आकांक्षाबाट नै नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको उल्लेख गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र पृथ्वीनारायण शाहको योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस गरेको पूर्वराजा शाहले उल्लेख गरेका छन्।

राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला नेपालले असन्तुलनको परिणाम व्यहोरेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्– “देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।”
राष्ट्रको कीर्ति र जनताको सुखबाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गर्दै पूर्वराजा शाहले जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूुकै चयन गरे पनि राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्। सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुँदैन ।

राजा ज्ञानेन्द्रद्वारा जारी शुभकामना मन्तव्यको पूर्ण पाठ

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -