२०८३ बैशाख २० गते, आईतवार १९:५३

परिषद नहुँदा धोबिनी गाउँपालिकाको विकास निर्माण अवरुद्ध

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २८ भाद्र ।
पर्साको धोबिनी गाउँपालिकामा समयमा परिषद नहुँदा विकास निर्माण लगायतका काम अवरुद्ध हुन पुगेको छ ।

जनप्रतिनिधिहरुको आपसी मतभेद, खिचातानी, किचलो र गैरजिम्मेवार रवैयाका कारण गत आर्थिक वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्ने गाउँसभा परिषद चालु आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि सम्पन्न नहुँदा विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका सम्पूर्ण क्रियाकलाप प्रभावित भएको नेपाली काँग्रेसका स्थानीय नेता धर्मेन्द्र पटेलले बताउनु भयो ।

नेता पटेलले गाउँपालिकाले यथासक्य छिटो भन्दा छिटो गाउँसभा र परिषद गरेर विकासको बाटो खोल्नु पर्ने माग गर्नु भएको छ । आपसी खिचातानी, किचलो, असहमति र भागभण्डामा अल्झिएर गाउँपालिकालाई दुर्गतिको बाटोमा नफ़साउन समेत उहाँले माग गर्नुभयो । समयमा परिषद नगरे स्थानीय युवाहरु संगठित भइ आन्दोलन गर्ने चेतावनी समेत नेता पटेलले दिनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM