२०८२ असार २० गते, शुक्रबार ०७:२७

अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा रायमाझीसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्माले संवैधानिक परिषद्‍मार्फत अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस गरेको पाइएको छ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को पछिल्लो बैठकले अख्तियार प्रमुखमा प्रेम राईसहित ४५ वटै पदमा सिफारिस गरेको हो। मानवअधिकार आयोगको अध्यक्षमा मीनबहादुर रायमाझीको नाम सिफारिस गरिएको छ भने अख्तियार सदस्यमा जयबहादुर चन्दको नाम सिफारिस गरिएको छ। चन्दको नाम देउवाले सिफारिस गरेका हुन्।

संसद विघटन भइसकेको अवस्थामा संसदीय सुनुवाइ समितिमा संवैधानिक निकायहरुमा नियुक्त भएकाहरुको सुनुवाइ हुनसक्ने सम्भावना नभएकाले ४५ दिनपछि यिनीहरु सबैको नाम स्वत: अनुमोदन हुनेछ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तीन जनाको संवैधानिक परिषद्‌ले संवैधानिक निकायका सबै खालि पदहरुमा सिफारिस गरेको हो। देश संचारबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM