२०८३ बैशाख ३१ गते, बिहीबार ०९:५७

खैरो N- 95 मास्क स्वास्थ्यको लागि खतरनाक, स्वास प्रस्वासमा समस्या भएर ज्यान पनि जान सक्छ : प्रमुख जिल्ला अधिकारी पण्डित

चन्द्रसूर्य समाचारदाता।
बारा, ०८ भाद्र ।
कोरोना महामारीको त्रास देखाएर अरबौं मूल्य बराबरको मास्क बेचिसकिएपछि यसको गुणस्तरबारे बाराका प्रमुख जिल्ला अधिकारीले मुख खोलेका छन् ।

नेपालमा सरकारीस्तरबाट सर्वाधिक खरीद गरिएको मास्क N-95 लगाउँदा कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिएला भन्ने हल्लाका बीच यो मास्क प्रयोग गर्दा अर्को जटिल समस्या उत्पन्न भई ज्यान समेत जान सक्ने जोखिम रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको भनाइले पुष्टि गर्छ ।
प्रजिअ पण्डितका अनुसार N- 95 मास्क लगाउँदा स्वास थुनिएको जस्तो महसुस हुने गरेको रहेछ । त्यसैले यो स्वास्थ्यको लागि खतरनाक मास्क सावित हुन सक्छ ।

बाराका प्रमुख जिल्ला प्रमुख अधिकारी रुद्र प्रसाद पण्डित आइतबार अनुगमनको क्रममा सिम्रौनगढ़ जाँदा नाक मुख छोपिने गरि लगाउनु पर्ने मास्क निधारमा लगाएको खबर मीडियामा आएपछि प्रजिअ पण्डितले लगाएको मास्क स्वाथ्यको लागि हानिकारक हुने संकेत देखिएपछि र आफ्नो स्वास समेत अड़किन थालेपछि सो मास्क निकालेको प्रतिक्रिया दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी पण्डितले भनें, “आज सिम्रौनगढ अनुगमनको क्रममा खैरो N 95 मास्क लगाउँदा श्वास थुनिएको जस्तो महसुस हुने भएकोले दुरि कायम गरि मास्क निधारमाथि सारेको बिषयलाई टिप्पणी आएको रहेछ !भोलिदेखी मेडिकल मास्क नियमित रुपमा प्रयोग गरि सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु !”

सामान्य स्तरका नागरिकले मास्क प्रयोग नगर्दा बन्दूक तेर्स्याएर जरिवाना असुल्न लगाउने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले नै मास्क नलगाउनु, मास्क लगाउँदा स्वास प्रस्वासमा समस्या देखिने कुरा गर्नुले पनि स्पष्ट हुन्छ कोरोना महामारी खतरनाक हो या सरकारको नीति ?

कोरोना नामक भ्रमात्मक भाइरसको नाममा विभिन्न ब्राण्ड, डिजाइनका मास्कहरू केवल माफियाहरूको व्यापार हो, जसलाई मेडिकल माफिया, सरकार, प्रशासन, प्रहरी र मीडिया सबैले जनमानसमा त्रास देखाएर प्रयोग गर्न बाध्य पार्दैछन् ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM