२०८२ माघ १० गते, शनिबार ०६:१०

जनप्रतिनिधिको मिलेमतोमा सयौं विघा सार्वजनिक जग्गा माफियाको कब्जामा

बीरगंज १४ भदौं । सार्वजनिक जग्गा संरक्षणमा स्थानीय सरकारको भूमिका प्रभावहीन देखिएपछि बाराको सयौं बिघा जग्गा भू – माफियाको कब्जामा परेको खबर छ ।

सार्वजनिक जग्गा हडप्न स्थानीय जनप्रतिनिधिको मिलेमतोमा देखिएको भन्दै उजुरी समेत गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सार्वजनिक जग्गा संरक्षणको अधिकार स्थानीय सरकारलाई दिएको भएपनि बारा जिल्लामा सयांै बिगाह जग्गामाथि बिचौलियाले चलखेल गरेकोे छ ।

जिल्ला प्रशासनमा र अख्तियार हेटौडामा परेको उजुरीले जग्गा भूमाफियाको कब्जामा रहेको देखाएका छन ।
जग्गा हडप्न किर्ते कागज बनाई राजनीतिक दलका केही नेताको ईशारामा मालपोतका कर्मचारी तथा केही स्थानिय जनप्रतिनिधिहरुको संलग्नता भेटिएकाले अनुसन्धान भइरहेकोे छ ।

दोस्रो अन्तर्रा्ष्टिय विमानस्थल, काठमाण्डौ – निजगढ द्रुतमार्ग, सिमरा सेज, पथलैया – वीररगजं औद्योगिक करिडोर निर्माण र सञ्चालनको तयारीमा रहेपछि भ–ूमाफियाले जनप्रतिनिधि र मालपोतका कर्मचारीहरुलाई प्रलोभनमा पारेर जग्गा कब्जा गर्न सफल भएको प्रशासनको आशंका रहेको छ ।

बाराका जिल्ला प्रमुख अधिकारी राजेश पौडेल जग्गाका रक्षक नै भक्षक हुन थालेको बताउँदै अनुसन्धानपछि दोषीलाई कडा कारबाही गरिने जनए ।

बारा प्रशासनले छानबिनकालागि अख्तियारको कार्यालय हेटौडामा पठाएका उजुरीहरुमध्ये अधिकाशं जितपुर–सिमरा उपमहानगरपालिकाभित्रका सार्वजनिक जग्गा परेका छन् ।

सबै भन्दाबढी भुमि सम्बन्धी उजुरी बाराबाट आइरहेको बताउँदै अख्तियारको कार्यालय हेटौडाकी प्रमुख हुमकला पाण्डेले भु–माफियाको विषयमा गम्भीर ढंगले अध्ययन भइरहेको बताउँछिन् ।

यता कोहल्बी नगरपालिकाको पनि ३० देखि ३५ बिगाहा सुकुम्बासीहरुको जग्गा भू–माफियाले आफनो कब्जामा राखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM