२०८३ जेष्ठ २३ गते, शनिबार १६:०४

गौहत्यारालाई कड़ा भन्दा कड़ा कारवाही गरियोस् : भण्डारी

चन्द्रसूर्य समाचारदाता/

काठमाण्डौ, १४ भदौ / हिन्दूवादी अभियन्ता, संचारकर्मी एवम साहित्यकार अस्मिता भण्डारीले सुर्खेतमा भएको नृशंस गौ हत्याका दोषीलाई कड़ा भन्दा कड़ा कार्रवाहीको माग गर्नु भएको छ ।

विश्व हिन्दू महासंघ की महासचिव समेत रहनु भएकी भण्डारीले व्यक्तिगत वक्तव्य जारी गर्दै त्यस्तो माग गर्नु भएको छ ।

भण्डारीले जारी गर्नु भएको वक्तव्य जस्ताको त्यस्तै:

“सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौ हत्याको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको छ।

हाम्रो देशको राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमा सरह मान्ने र पुजा गर्ने परम्परा रहिआएको छ। गौहत्या गर्नु महाअपराध हाे , यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा दण्डित गरिनु पर्दछ।

त्यस्ता अपराधीको पहिचान गरी कानूनी दायरामा ल्याई कानुनबमोजिम दण्डित गर्नका निम्ति नेपाल सरकारसँगजोडदार माग गर्दछु।

देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको छ ।

संसारको एकमात्र हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देशलाई विदेशीको इसारामा परेर धर्मनिरपेक्ष गरिएपछि गौहत्याका यस्ता घटनाहरु बढेका छन् ।

गाई हाम्रो राष्ट्रिय जनावर पनि भएकाले गौको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो ।तसर्थ मुलुकका विभिन्न भागहरुमा उचित गौशालाहरुकाे व्यवस्थापनका निम्ति पनि नेपाल सरकारसँग आग्रह गर्दछु ।”

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM