२०८२ असार ३१ गते, मंगलवार १९:४५

के हो रासलिला ?

-जयप्रकाश गुरागाञी

श्रीकृष्णलाई रासलिलाको प्रसङ्ग उठाएर कथित उत्तर-आधुनिकवादी तथा अब्राहमिक पन्थानुयायीहरूको अनुसरण गर्ने अधिकारवादीहरूले घृणा व्यापार गरिरहेको देखिन्छ। तर के हो रासलिला ? थोरै पनि बुझेका होलान् उनीहरूले ?

रासलिलाको शाब्दिक अर्थ हो रसमय क्रीडा अर्थात् आनन्दयुक्त यस्तो सामुहिक क्रीडा जसले आत्मरञ्जन होस् ।
सामुहिक रूपमा नाच्नु, गाउँनु, खेल्नु, घुम्नु या अभिनय गर्नु नै रासलिला हो।
रासलिलाको समयमा श्रीकृष्ण सात वर्षका थिए र उपस्थित गोपिनीहरू कृष्णभन्दा जेठा थिए। राधा नै कृष्णभन्दा नौ वर्ष जेठी थिईन्। र सबै गोपिनीहरू एकै वंशका आफन्त अर्थात् दिदीबहिनी थिए।

विश्वमा अब्राहमिक सभ्यता बाहिर कुनै पनि समाजमा रगत र नातामा सम्बन्ध बर्जित थियो र आज पर्यन्त छ।

रासलिलाको अर्थ युरोप अमेरिकामा हुने सामुहिक यौनसम्बन्ध भन्ने बुझाई पश्चिमा र पश्चिमा प्रेरित वादी/कर्मी, अभियन्ताबाट आउनुमा उनीहरूको भोगाई अध्ययनको धार र चेतनाको स्तरको कारणले हो। संस्कृतको अध्ययन विनाको र एक पुरुष र महिलाले यौनसम्वन्ध बाहेक अन्य रूपमा नजिकिन सक्दैनन् भन्ने फ्रायडवादी चिन्तनको प्रभावले उनीहरू रासलीलाको गलत अर्थ लगाउन पुगेका छन्।

कुनैपनी अर्थले रास शब्दको अर्थ उनीहरूले सोचेजस्तो सामुहिक यौनसम्बन्ध भन्ने लाग्दैन। अल्प ज्ञान र कुत्सित मनसायले नै उनीहरू अनर्थ लगाउन पुगेका छन्।

श्रीकृष्णको जीवनको सबैभन्दा धेरै प्रसङ्ग महाभारतमा पाइन्छ। तर महाभारतमा कुनै पनि विवादास्पद प्रसंग कृष्णको बारेमा पाइँदैन।
भौमासुरले यौनदासीको रूपमा बन्दी बनाएका सोह्र हजार एक सय किशोरीहरूलाई कृष्णले मुक्त गराए र आफुले संरक्षण दिए, यो पुराणको प्रसंग हो। तर संस्कृतमा संरक्षकलाई स्वामी या पति भनिने भएकोले ती सबैका पति कृष्ण हुन् भनिएको हो। जसलाई आजभोलीका आलाकाँचा पण्डितले बुझाउन नसक्दा अनर्थ गर्नेहरूलाई सजिलो भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM