–ई. अनन्त बिष्ट
(bista_sb9@hotmail.com)
झुटै भए पनि
नमिठै लागे पनि
के विग्रन्थ्यो होला र
कहिलेकाहीँ सम्झिन्छु भनेको भए
कहिलेकाहीँ झस्किन्छु भनेको भए
यो पागल मन त खुसी हुन्थ्यो
अनी
कहानीका पूलहरु जोडदै जोडदै
कता कता पर पुगी
आफै आफैमा मस्त त हुन्थ्यो
तव
उमंगका अनगिन्ति छालहरु सँगै
उडदै बादलका धर्साहरु माथि
आपैm आफैमा दंग त हुन्थ्यो
तर
तिम्रो एक सत्य बचन नै
बुझिनसक्नुको यो मनलाई
काफी काफी पो भयो
ठुलै रहस्यको पर्दा खुले झैँ
पक्का पक्का पो भयो
तब न
अव त यसले
हाक्काहाक्की भन्छ
नजाने गाँउको
किन बाटो सोध्नु
कहिल्यै नभेटिने क्षितिजको
कति पछि लाग्नु
बास्तबमा
यसलाई पनि गार्है भा छ
कहिलेकाहीँ अन्योलमा पर्छ
असमञ्जस पनि बन्छ
तब
ओल्टाई पल्टाई तिम्रो निसानी हेर्छ
कानमा सधै गुन्जिरहने
त्यो मधुर मुस्कानलाई सुन्छ
के होला त भनि
त्यसको अर्थ गुन्छ
सपना त पक्कै थिएन कि भन्छ
अनि
कल्पना पनि त होइन नि भन्छ
ठिकै छ त
सबै कुराको किन अर्थ हुनु प¥यो
अनि
सबै कुरा किन प्रस्ट हुनु प¥यो
के म आफै हुनुको
अर्थ भेटेको छु र
के मेरो गोरेटोको प्रारुप
मैले प्रस्ट देखेको छु र
साँच्चै
कति कुरा कल्पनामा पनि
मिठै हुन्छन नि
हो त
कति कुरा कहानी मै पो झन
रमाइला हुन्छन नि
फकाउँदै छु यो मनलाई
किनकी
कहिलेकाही
भ्रममै बाँच्नुको पनि
असाध्यै सार्थक पल हुन्छ
बाँच्नुको मिठो बहाना हुन्छ
यस कारण पनि हो की सायद
जिवन स्वयं पनि त
एउटा भ्रम नै त हो
अनि
कस्तुरीले आफ्नै बास्ना खोजे झैँ
मरुभुमीमा भौतारीदँै गरेको
एउटा मृगतृष्णा न हो ।।।