२०८३ जेष्ठ ३० गते, शनिबार ०५:०१

अजय देवगनसँग काम गर्न चाहँदैनन् ३ टप हिरोइन, एउटीले त सलमानलाई पनि अस्वीकार गरिन्

लिउड सुपरस्टार अजय देवगनको अलग्गै पहिचान छ । कहिले उनी कमेडी फिल्म लिएर आउँछन् त कहिले एक्सन थ्रिलर फिल्म लिएर आउँछन् । बलिउडमा अजयको राज ९० को दशकदेखि नै चलिरहेको छ । यस क्रममा उनले धेरै हिट फिल्म दिए र धेरै स्टारहरुसँग काम गरे । तर यो बीचमा तीन हिरोइन यस्ता निस्किए जसले अजय देवगनसँग काम गर्न अस्वीकार गरिदिए । यी हिरोइनहरु बलिउडमा टप छन् तर उनीहरुले अजयलाई रिजेक्ट गर्नुको कारण भने खुलाएका छैनन् ।

यो लिस्टमा पहिलो नाम हो प्रियंका चोपडा । प्रियंकाको सुन्दरता र अभिनय कलाले विश्वभरी चर्चा पाएको छ । बलिउडमा अपार सफलतापछि उनी अहिले हलिउड पुगेकी छिन् । तर प्रियंकाले अहिलेसम्म दुई खान सलमान र शाहरुखसँग काम गरेपनि आमिर खानसँग काम गरेकी छैनन् । यतिमात्र होइन उनले अजय देवगनसँग काम गर्न त सिधै अस्वीकार गरेकी छिन् । १५ वर्षको करिअरमा प्रियंकालाई अजयसँग काम गर्न अफर आए पनि उनले रिजेक्ट गरिन् ।
यो लिस्टमा दोस्रो नाम हो कटरिना कैफ । कटरिनाले अनेकौं हिट फिल्म दिएकी छिन् । बलिउडका तीन खानसँग काम गरेकी कटरिनाले १५ वर्षको करिअरमा अहिलेसम्म अजयसँग कुनै फिल्ममा काम गरेकी छैनन् । कटरिनालाई अजयसँग काम गर्ने अफर नआएको भने होइन । अजयको सुपरहिट फिल्म सिंघममा कटरिनालाई काव्याको रोल दिइए पनि उनले अस्वीकार गरेपछि काजल अग्रवाललाई लिइएको थियो ।

तेस्रो नाम हो दिपिका पादुकोण । दिपिका अहिले सफलताको शिखरमा छिन् । १० वर्षको करिअरमा दिपिकाले कैयौं सुपरहिट फिल्म दिइन् । संजय लिला भंसालीको गोलियों की रासलिला रामलिला, बाजीराव मस्तानी, पद्मावतजस्ता फिल्ममा चुनौतीपूर्ण भूमिका गरेर आफूलाई प्रमाणित गरेकी दिपिकाले अहिलेसम्म अजयसँग कुनै फिल्ममा काम गरेकी छैनन् । दिपिकाले अजय मात्र नभइ सलमान खानलाई समेत रिजेक्ट गरेकी छिन् । उनलाई अजय र सलमानसँग काम गर्न अफर भने आएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM