२०८३ असार १५ गते, सोमबार १०:४४

नेपाल-भारत सीमा बन्द

बारा। वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सीमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो।

यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM