Tuesday, November 26, 2024
घरक्राइम चेकभारतीयलाई जन्मदर्तासहित नागरिकता सिफारिश गर्ने वडा अध्यक्ष अंसारी पक्राउ

भारतीयलाई जन्मदर्तासहित नागरिकता सिफारिश गर्ने वडा अध्यक्ष अंसारी पक्राउ

बारा/भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने सिफारिशगरेको आरोपमा कलैया उपमहानगरपालिका वडा नं. १० का अध्यक्ष साविर अंसारी पक्राउ परेका छन् ।

क.उ.म.न.पा. वडा नं. १० मटिअर्वाका जोधन साह तुराहाको भारतीय नागरिक नाती रमेश साह तुराहालाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको आरोपमा बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वडा अध्यक्ष अन्सारीले आर्थिक लेनदेनको आधारमा नाती रमेश साह तुराहालाई हजुर बुबा जोधन साह तुराहाको छोरा भनी जन्म दर्ता गर्नुको साथै नेपाली नागरिकताको लागी सिफारिस समेत गरेको भनि परेको उजुरीको आधारमा निजलाई पक्राउ गरिएको जिप्रका बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनु भयो । अंसारीलाई हिरासतमा राखी थप अनुसन्धान भइ रहेको प्रउ बोगटीले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -