धिरेन्द्र तिवारी
वीरगंज/विद्यालय, पाठशाला एवं शैक्षिक संस्थालाई शिक्षाको मन्दिर भन्ने गरिएपनि वीरगंजस्थित गौतम माविले विद्यालयलाई विद्यार्थी एवं अभिभावकहरूमाथि मनोवैज्ञानिक आक्रमण गरिरहेको अभिभावकहरुले आरोप लगाएका छन् ।
शिक्षाको उज्यालो किरणबाट कोही पनि वञ्चित हुन नपरोस्, सबैलाई समान र सहज शिक्षा प्रदान होस् भन्ने सिद्धान्त गौतम माविमा लागु नभएको देखिन्छ । गौतम माविले शैक्षिक शत्र २०८० को लागि विद्यार्थी एवं अभिभावकहरुसँग जबरजस्ती १० बुँदे कबोलनामा पत्रमा हस्ताक्षर गराएर मात्र विद्यार्थीहरुको पछिल्लो कक्षामा उतीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराउने र माथिल्लो तहमा अध्ययन गर्न पाउने दबाव दिएपछि शिक्षाको मन्दिरमा राक्षसी प्रवृत्ति हावी भएको अभिभावकहरुले दुःखेसो पोखेका छन् ।
अध्ययन अध्यापनको क्रममा विद्यालयमा हुने गरेको कमि कमजोरीको विरोधमा विद्यार्थी वा अभिभावकहरुले सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा टिका टिप्पणी गर्न नपाउने, विद्यालयले समय समयमा लिने अतिरिक्त शुल्क बुझाउनु पर्ने, विद्यालयले तोकेको परीक्षा दस्तुर समयमै बुझाउनु पर्ने, कुनै पनि शुल्क बुझाउन ढिला गर्न नपाइने लगायतका १० बुँदे कबोलनामा सहितको शर्तहरु राखेर गौतम माविले विद्यार्थी एवं अभिभावकहरुमाथि मनोवैज्ञानिक आतंक मच्चाइरहँदा पनि सरोकारवाला निकायको मौनताले गम्भीर प्रश्न खडा गरेको बताइन्छ ।
विद्यालय जस्तो पवित्र संस्थामा गौतम माविजस्तो पूरानो र नाम चलेको स्कूलले जे गरे पनि सदर हुने मनोभाव पलाएपछि सो विद्यालयमा पठन पाठन गर्ने विद्यार्थी र तिनका अभिभावक समेत भविष्यप्रति चिन्तित बनेका छन् ।
गौतममाविले अभिभावकहरुसँग सशर्त कबोलनामा गराउने पत्र हेरौँ