काठमाडौँ/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताएका छन्।
मंगलबार महासंघको ५७ औँ वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन्।
उनले उद्योगी तथा व्यवसायीहरूबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताए।
उनले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरूले नै मुलुकमा सम्मुन्नति कोर्ने बताउने दाबीसमेत गरे।
अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्रमा अहिले निराशा छ, यो हटेर जान्छ। अहिले व्यवसायी कठिन अवस्थामा छन्। तर सम्मुन्नतिको बाटो हामीले नै कोर्ने छौँ। यो मेरो कल्पना मात्रै होइन, विगतमा हामीले पुष्टि गरेर देखाएका छौँ। अब मैले उद्योग वाणिज्य महासंघलाई काविल हातको जिम्मा लगाउँदैछु। महासंघले निर्वाधरूपमा काम गर्न पाओस्, यसमा उद्योगमन्त्रीले अवसर सिर्जना गरिदिनुपर्छ। व्यवसायीहरूको सहकार्य सरकार बिरुद्धको आन्दोलनमा कहिल्यै नहोस्। अहिले हामी अर्थतन्त्र सुधारमा लगेका छौँ। अहिलेको आर्थिक गतिविधि डेढ वर्षअघिको अवस्थामा आधा घटेको छ। उत्पादन लागत, औपचारिक रूपमा ९ महिनादेखि ८ प्रतिशतको दरमा
रहेको मूल्यले खर्च गर्ने शक्ति कम भएका छ।’
उनले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताए।
उनले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिए।