२०८३ बैशाख २८ गते, सोमबार २१:०१

दुई करोड २६ लाख भन्दा बढ़ी मूल्यबराबरको ट्रक सहितको सामान बरामद

वीरगंज/ पर्सा जिल्लामा पछिल्लो समयमा तस्करी र भन्सार चोरी निकासी र राजस्व छल्ने क्रम बढ्न थालेको छ।

पछिल्लो पटक प्राप्त जानकारी अनुसार पर्सा प्रहरीले बिल बिजक भन्दा बढी खुद्रा, ककस्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू लोड रहेको दुई करोड़ २६ लाख २६ हजार भन्दा बढ़ी मूल्य बराबरका दुई वटा ट्रकहरू बरामद गरेपछि जिल्लाको विभिन्न नाका र क्षेत्रबाट भंसार राजस्व चुहावट र तस्करी बढेको प्रमाणित हुन आएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढ़ाथोकीले दिनु भएको जानकारी अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, कष्मेटिक, हार्डवेयर, औषधी तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगंजबाट कलैया र विराटनगरतर्फ लैजाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार- वीरगंज-१४ गण्डक स्थित सडकखण्डबाट ना ३ च ३१५० र ऐ. वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट ना ३ ख ५८९९ नम्बरको ट्रकहरूलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रक एवं मालबस्तुहरूसहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धानं कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM