२०८३ बैशाख २५ गते, शुक्रबार १०:३९

जनमत पार्टीका केन्द्रिय सदस्य मिटरब्याजीको आरोपमा पक्राउ

सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

साथै मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM