Tuesday, November 26, 2024
घरक्राइम चेकम्याद सकेको खाद्य सामग्रीमा नयाँ मिति राख्ने उद्योगमा प्रहरीको छापा, संचालक फरार-कामदार...

म्याद सकेको खाद्य सामग्रीमा नयाँ मिति राख्ने उद्योगमा प्रहरीको छापा, संचालक फरार-कामदार पक्राउ

वीरगंज/ म्याद सकेको खाद्य सामग्रीमा नयाँ उत्पादन मिति राखि लेबलिंग गरेर उपभोक्तामाथि ठगी गर्ने फुडको नेपाल क्रोप प्रा.लि. र स्नेक एण्ड प्याक इन्डस्ट्रिजमा छापामारी गरि भारी परिमाणमा म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ।

सोमबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले वीरगंज पावरहाउस नजिकै रहेको सो उद्योगमा पुगेर शिलबन्दी गरेको थियो।

मंगलबार सो उद्योगको गोदाममा वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले शिल खोलेर परीक्षण गर्दा अन्दाजी २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपनिरीक्षक दिपक गिरीले बताउनु भयो ।

वीरगंज महानगरपालिका वडा नं. २ स्थित ठेगाना देखाई ड्राइफुड र मसलाजन्य पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति लिएर वीरगंज-१३ श्रीपुर (पावर हाउस) स्थित श्रवण कुमार रुङ्गटाको घरमा संचालनमा रहेको दुईवटा फर्मले म्याद सकिएको सामान विभिन्न ठाउँबाट ल्याउने र रि–प्याकिङ्ग गरि नयाँ मितिकिो लेबल टाँसेर बजारमा विक्री वितरण गर्ने गरेको विशेष सूचनाको आधारमा छापामारी गरिएको प्रहरीले जनाएको छ।

फुडको नेपाल क्रोप प्रा.लि.ले बाहिरबाट विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु खरिद गरेर ल्याउने र त्यही कम्पाउण्ड भित्र रहेको स्नेक एण्ड प्याक उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रि–प्याकिङ्ग गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनु भयो।

दुईवटै उद्योगको संचालक वीरगंज महानगरपालिका वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी एवं भरतपुर-३ चितवन निवासी संतोष कुमार अग्रवाल रहेका छन् ।

दुबै फर्मको गोदामबाट प्रहरीले किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, चकलेट, सेम्पु, सेवई, स्नेक, बिस्कुट, जिरा, गरम मसला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरु बरामद गरेको हो।

छापामारीको क्रममा संचालकहरु तीनैजना सम्पर्क विहीन रहेका छन् भने उद्योगमा कार्यरत तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उद्योगमा कार्यरत वीरगंज महानगरपालिका वडा नं. १३ निवासी ३२ वर्षीय मनिष कुमार चौधरी, वडा नं. ७ निवासी २३ वर्षीय आयुष अग्र्रवाल, वडा नं. १४ निवासी ३८ वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

छापामारी पश्चात प्रहरीले दुबै फर्ममा शिल लगाएको छ भने म्याद सकिएको केही खाद्यान्न सामाग्री थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ । उद्योगको गोदाममा म्याद सकिएको सामाग्रीहरु राखिने ठाउँ भनेर प्रष्ट नै लेखेर राखेको छ भने त्यही सामानहरुलाई रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँस्ने कार्य गरिएको अवस्थामा रङ्गेहात फेला परेको हो । प्रहरीले नयाँ लेबल प्रिन्ट गर्ने मेशिन समेत नियन्त्रणमा लिएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -