Wednesday, November 27, 2024
घरप्रदेशहिन्दू परिषद नेपालका सदस्यको पसलमा गाईको मासु

हिन्दू परिषद नेपालका सदस्यको पसलमा गाईको मासु

वीरगंज/ नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनु पर्छ भन्ने नाराका साथ हिन्दू धर्म संस्कृति तथा हिंदुत्वको पक्षमा चर्को आवाज उठाउने हिन्दू परिषद नेपालकै सदस्यले गाईको मासुको परिकार बेचबिखन गर्ने गरेको सुन्दा पत्याउन गाह्रो हुन्छ तर यो सत्य हो।

हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य अरुण झाद्वारा वीरगंजमा संचालित चिकेन स्टेशन वीरगंजमा “Beef Kebab” अर्थात् गाईको मासुद्वारा निर्मित परिकार उपलब्ध छ भनेर चिकेन स्टेशनकै फेसबुक पेजमा विज्ञापन गरिएपछि हिन्दू परिषदको सदस्यको आवरणभित्रका झाको वास्तविकता उजागर भएको हो।

झाद्वारा संचालित चिकेन स्टेशन वीरगंजको नाम रहेको फेसबुक पेजमा इश्लाम धर्मावलम्बीहरूको पर्व रमदानको विशेष अफर भन्दै “Ramdan Iftar Food” अन्तर्गत “चिकेन बिर्यानी र बीफ कबाब”मा छुट भन्दै प्रचार गरेको पाइएको छ।

सनातनी धर्मावलम्बीहरूले आमाको दर्जामा पूजा गर्ने तथा नेपालको राष्ट्रिय जनावर समेत रहेको गाईको वध नेपालमा कानूनी अपराध हुने भए पनि हिन्दू परिषद नेपालको केन्द्रिय सदस्य झा कसको सहयोग र समर्थनमा हाकाहाकी गौमांसबाट निर्मित कबाब बेच्ने प्रचार गरिरहेका छन्। चासोको विषय बनेको छ।

यसैबीच चिकेन स्टेशन वीरगंजको फेसबुक पेजमा राखिएको सो विज्ञापनबारे सर्वसाधारणले चासो राख्न थालेपछि विज्ञापन हटाइएको छ। विज्ञापन हटाइए पनि सो स्थानमा प्रतिबन्धित क्रियाकलाप हुन सक्ने संभावना रहेकोले प्रशासनले निगरानी राख्नु पर्ने सर्वसाधारणहरू बताउँछन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -