Tuesday, November 26, 2024
घरक्राइम चेकप्रहरी अस्पतालमा अख्तियार पस्यो

प्रहरी अस्पतालमा अख्तियार पस्यो

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा श्रृङखलाबद्ध रुपमा अनियमितता मौलाएको छ । मेडिकल व्यवसायीसँगको मिलेमतोमा हरेक सामानको खरिदमा अनियमितता हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।पछिल्लो समय एमआरई मेसिन तथा सि–आर्म मेसिन खरिदमा सेटिङ देखिएपछि आयोगले छानबिन थालेको छ ।अहिले एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मूल्यमा खरिद गर्न लागेपछि सेटिङ खुलेको हो । जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता हुन लागेको हो । यसमा अस्पतालकी एआइजी डा.आशा सिंहको प्रत्यक्ष मिलेमतो छ ।

‘सी–आर्म’ मेसिन खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशिफिकेशनका विभिन्न बुँदा जिआई कम्पनीको मात्र मिल्ने प्रष्ट देखिन्छ ।एक करोड १८ लाख मूल्यमा नयाँ प्रविधिकै सुविधायुक्त ‘सी–आर्म’ मेसिन किन्न सकिनेमा अस्पतालले पुरानो प्रविधिको ‘सी–आर्म’ खरिद प्रक्रिया अघि बढाएको छ । टेन्डर आह्वान गर्दा बुँदा नं. ‘ए’ को ‘२’ मा ‘आउटपुट पावर सुड बी २.५ केडब्लु अर मोर’ लेखिएकोमा प्रिबिड बैठक पछि त्यो बुँदा संशोधन गरेर ‘आउटपुट पावर सुड बी एटलिष्ट २ केडब्लु अर मोर’ राखिएको स्रोत बताउँछ । त्यस्तै, २.५ किलोवाट वा त्यो भन्दा बढीको शक्ति दिने मेसिन हुनुपर्ने प्रावधानको ठाउँमा दुई वा त्यो भन्दा बढी किलोवाट शक्ति दिने मेसिन भए पनि हुने बनाइएको छ ।‘सी—आर्म’ मेसिन ‘सिसिडी (चार्ज कपल्ड डिभाइस)’ र ‘एफपिडी (फ्ल्याट प्यानल डिटेक्टर)’ गरी दुई किसिमका प्रविधिका हुन्छन् । प्राविधिक स्पेशिफिकेनको बुँदा नं. ‘सी’ को ‘२’ मा ‘क्यामेराः सुड बी १के८१के प्रोग्रेसिभ स्क्यान मेडिकल ग्रेड वीथ इट्स इम्पुट एन्ड आउट पुट अफ १के८१के’ लेखिएको छ । यो पुरानो सिसिडी (१के८१के) एनालग प्रविधिको ‘सी—आर्म’ हो। यो ‘सी—आर्म’को बजार मूल्य बढीमा ८० लाख सम्म पर्ने जानकारहरु बताउँछन् ।

सिसिडी प्रविधिको यो ‘सी—आर्म’ले धेरै मात्रामा रेडिएसन फाल्छ । जसले बिरामी र त्यहाँ काम गर्ने चिकित्सकलाई क्यान्सर लगायत रेडिएसनका जोखिम हुन्छ । यस किसिमको डिजिटल ‘सी–आर्म’ ले कम मात्रामा रेडिएसन फाल्छ । एफपिडी मोडलको आधुनिक प्रविधियुक्त ‘सी–आर्म’ ले नतिजा (इमेज क्वालिटी) पनि राम्रो दिन्छ । यस्ता धेरै बुँदामा निश्चित कम्पनीलाई मिल्ने गरी संशोधन भएपनि अख्तियारले छानबिन थालेको हो ।अस्पतालमा एमआरआई मेसिन खरिदमा पनि यस्तै लक्स स्पेशिफिकेसनमार्फत पाँच करोड हिनामिनाको प्रयास भइरहेको छ । यो विषयमा पनि अख्तियारमा उजुरी परिसकेको छ ।अस्पतालकी प्रमुख एआइजी सिंह अनेक विवादमा पर्दै आएकी छिन् । यसअघि नपाएको ओहोदा लिएको आरोपमा उनीमाथि छानबिन भएको थियो । तर, कारबाही रोकाउन सफल भएकी थिइन् । अहिले अस्पतालको ठेक्कामा अख्तियारको छानबिन प्रभावित नभएमा उनको जागिर धरापमा पर्ने देखिन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -