२०८३ जेष्ठ ५ गते, मंगलवार १४:२१

नागरिकता विवादमा परेका डीआईजी सिंहद्वारा राजीनामा

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।

नागरिकतामा उमेर नाघिसकेपछि प्रहरीमा भर्ना भएको र ५५ वर्ष पुगिसकेपछि पनि एसएसपीबाट डीआईजीमा बढुवा भएको खुलेपछि उनले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार दिउँसो डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षकसमक्ष राजीनामा बुझाएका छन् । प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा फाइल पठाइसकेको छ ।

हाल सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रहेका सिंहका बिरुद्ध हुँदै नभएको योग्यता देखाएर जागिर खाएको, नागरिकतामा उमेर सच्याएकाले छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM