केही व्यक्तिहरुको आफ्नो निजि स्वार्थ र प्रलोभन पूरा नहुदा राप्रपा पर्सा अहिले तीन गुटमा बिभाजित भएकोछ। जिल्ला अध्यक्ष सुमेश्वर उपाध्याय द्वारा जारी बिज्ञप्तिमा राप्रपा पर्साका चारजना नेताहरूलाई कार्यवाही गरेर निकालिएको उल्लेख गरिएकोछ। कार्यवाहीमा परेका नेताहरू मध्ये राप्रपा पर्साका पुर्व जिल्ला सभापति शम्भु चौरसिया तथा तेली समाज समितिका केन्द्रिय अध्यक्ष बिश्वनाथ साह तेली समाजसेवी तथा पुर्व वडाअध्यक्ष बाबुलाल शर्मा त्यसैगरी राप्रपा पर्साका जिल्ला प्रवक्ता शम्भु घिमिरे(पृथ्क) लगायतका रहनु भएकोछ।
पार्टीलाई थप उचाइमा पुर्याउन यहाँहरुको महत्त्वपूर्ण भुमिका हुदाहुदै पनि यसरी बिनाकारण पार्टीबाट निष्कासन गर्नु दुर्भाग्यपूर्ण रहेकोछ। यस बिषयमा वहाँहरुलाई सम्पर्क गर्दा राप्रपा पर्सालाई केही व्यक्तिहरुले हयाक गरी प्रा.लि. बनाएका कारण त्यसको बिषयमा आफुहरुले बिरोध गर्दा उनिहरुलाई नपचेका कारण यस्तो घृणित कार्य गर्न पुगेका पुर्व जिल्ला सभापति शम्भु चौरसियाले जनाउनु भएकोछ। स्मरण रहोस् चुनाव लगतै यस्तै मनोमानी र आफ्नो पोकेटको नियम लगाउन खोज्दा र भर्खर मात्र पार्टी प्रवेश गरेकी जगरनाथ प्र.कुर्मी कि बुहारी बिना जयसवाल कुर्मीलाई पार्टीले स्थानीय निकायको निर्वाचनमा उपमेयरको टिकट दियो र फ़ेरि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएर मधेस प्रदेशबाट कोलस्टरमा १ नम्बरमा नाम राख्दा निकै तनाव र विवाद सिर्जना हुदा समेत पैसाको चलखेलमा पार्टीले बिना जयसवाल लाई नै सिफारिस गर्यो भनेर आरोप लगाई राप्रपा पर्साका पुर्व केन्द्रिय सदस्य नगिना यादव केन्द्रिय सदस्य अंगद ठाकुर प्रदेस सदस्य तथा जिल्ला उपाध्यक्ष समेत रहेका अवधकिशोर साह पटकपटक दोहोरो नागरिकताका बिषयमा स्थानीय तथा राष्ट्रिय मिडियाको तारो भएर राप्रपा पर्सा बाट क्षेत्र न:-२ बाट प्रतिनिधिसभाका प्रत्यासी नरेश साह लगायतका नेताहरूले डेलिगेसन लिएर काठमाडौं जादा केन्द्रिय पंक्तिले खासै केही भाव नदिदा राप्रपा पर्सामा खैलाबैला मच्चिएको थियो। र राप्रपा पर्साले खासै केही उपलब्धि पर्सा जिल्लामा ल्याउन सकेन।चुनाव कै सेरोफेरोमा राप्रपाका बहुचर्चित युवा नेता तथा बिरगंज महानगरका अध्यक्ष समेत रहेका जलेशवर सरार्फका सम्मपुर्ण टीम नेपाली काङ्ग्रेस प्रवेश गरेका थिए। सरार्फ नेपाली काङ्ग्रेस प्रवेश गर्दा केन्द्रिय नेतृत्व तथा जिल्लाका नेतृत्वहरुले आफ्नो निजि स्वार्थको लागी राप्रपालाई प्रयोग मात्र गरेको र कार्यकर्ताहरुको भविष्यसंग खेलवाड मात्र गरेको आरोप लगाएर पार्टी परित्याग गरेका थिए। यस्ता किसिमको अवसरवादी नेताहरुको हालीमुहाली राप्रपामा रहेसम्म कुनैपनी हालतमा राप्रपा पर्सा प्रगतिको पथमा पर्सा जिल्लामा लम्किन सक्दैन। पैसाको बलमा समानुपातिक प्रतिनिधिसभाका सांसद बिणा जयसबाल कुर्मी भएकी हुन। जगरनाथ प्र.कुर्मी सुमेश्वर उपाध्याय लगायतका हरुले राप्रपा पर्सालाई सखाप पार्न लागी परेका राप्रपा का रुष्ट नेताहरूले आरोप लगाएका छन।
– राप्रपाका शुभेच्छुक पाठकबाट