२०८३ बैशाख ८ गते, मंगलवार २०:२७

वडा नम्बर १४ को सड़कलाई महात्मागाँधी रोड नामाकरणको स्थानीयद्वारा विरोध

वीरगंज/ वीरगंज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवासक्षेत्र अगाडीको लिंकरोड़ पिप्रालाई एमजी (महात्मा गाँधी)रोड नामाकरण गर्ने तैयारी भएकोमा लिंक रोड पिपरा टोल विकास समिति लगायतका स्थानीयबासीले आपत्ति जनाएका छन्।

समितिका अध्यक्ष हरि प्रसाद गौतमले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै महात्मागाँधी रोड नामकरण गर्ने निर्णयको आपत्ति जनाएका हुन्।

सो विज्ञप्तिमा लेखिएको छ, “वीरगंज महानगरपालिका वडा नं. १४ चिनिमिल आवास क्षेत्र अगाडीको लिंकरोड पिप्रालाई एम..जीरोड नामकरण गर्ने तयारी भैरहेको अनौपचारिक रुपमा जानकारी आएकाले टोल विकास समिति लिंकरोड़ पिप्राको ध्यानाकर्षण भएको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण भएको यो राडेको नामाकारण महात्मा गांधी, (एम.जी.) को नाममा गर्ने निर्णयले पिप्राको ऐतिहासिक महत्त्वलाई आक्रमण तथा धूमिल्याउने प्रयास भएको हामीलाई लागेको छ। वीगंज महानगर पालिकामा टोल विकास समिति दर्ता छ। महानगरले नै यो रोडको नाम लिंकरोड़ पिप्रा स्थापित गरेको छ।

वार्ड र टोलका सरोकारवालासँग कुनै समन्वय, सल्लाह र उनीहरूको सहभागीता विना गरिएको तयारीले हामी आफै आश्चर्यचकित भए‌का छौँ। टोल विकास समितिमा लिंकरोड पिप्रा

यो रोड‌को नाम एम.जी. रोड राख्ने तयारी प्रति आफ्नो असहमति व्यक्त गर्दछ। हाम्रो संस्था र वार्डका नागरिकको भावना विपरीत पिप्राको ऐतिहासिक पहिचानको निरन्तरतालाई अवरोध सिर्जना गरिएको ठान्दछौँ। नागरिकको मर्म र भावना विपरीत गर्न लगिएको यो काम तत्काल तत्काल रोकी नागरिक भावनाको सम्मान गर्न अनुरोध गर्दछौँ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM